
काठमाडौं ।
नेपालका साना तथा मध्यम व्यवसायलाई डिजिटल प्रविधि अपनाउन र व्यवसाय सञ्चालनलाई व्यवस्थित तथा प्रभावकारी बनाउन सहयोग गर्ने उद्देश्यका साथ सीजी नेट र ठूलो डट कमबीच रणनीतिक साझेदारी सम्झौता सम्पन्न भएको छ।
सम्झौतामा सीजीनेटका सीईओ सुजन थापा र ठूलो डट कमका सीईओ राजा राम नेपालले हस्ताक्षर गरेका हुन्। यस साझेदारीमार्फत साना तथा मध्यम व्यवसायका ग्राहक व्यवस्थापन, बिक्री ट्र्याकिङ, फलो-अप, मार्केटिङ कम्युनिकेसन, सेवा व्यवस्थापन, आन्तरिक समन्वय तथा रिपोर्टिङ जस्ता दैनिक व्यवसायिक कामहरूलाई डिजिटल प्रणालीमार्फत सहज र प्रभावकारी रूपमा सञ्चालन गर्न सक्ने अपेक्षा गरिएको छ।
साझेदारीबारे सीजी नेटका सीईओ थापाले भने, “सीजी नेट नेपालमा डिजिटल भविष्य निर्माण गर्ने प्रतिबद्धतासहित अघि बढिरहेको छ। ठूलो डट कमसँगको यो साझेदारीले एसएमई लाई उत्पादकता र प्रतिस्पर्धात्मक क्षमता बढाउने व्यावहारिक प्रविधि उपलब्ध गराउने हाम्रो उद्देश्यलाई बल पुऱ्याउँछ।” उनले थपे, “विश्वसनीय इन्टरनेट कनेक्टिभिटी र प्रभावकारी डिजिटल समाधानलाई एकै ठाउँमा जोडेर, नेपालभरका व्यवसायलाई आधुनिक प्रणाली अपनाउन र अझ व्यवस्थित रूपमा सञ्चालन गर्न सहयोग गर्नेछौं।”
त्यसैगरी ठूलो डट कमका सीईओ नेपालले यो साझेदारीले साना व्यवसायहरुलाई म्यानुअल कामबाट डिजिटल प्रणालीमा रुपान्तरण गर्न सहज बनाउने बताए।
“नेपालको अर्थतन्त्रको मेरुदण्ड साना व्यवसाय हुन्, तर धेरै व्यवसाय अझै पनि बिखण्डित प्रक्रिया र म्यानुअल काममै निर्भर छन्। सीजी नेटसँगको यो साझेदारी एसएमईका लागि व्यवसाय अटोमेसनलाई अझ सहज र पहुँचयोग्य बनाउने महत्त्वपूर्ण कदम हो।” उनले भने, “हामी सँगै मिलेर व्यवसायलाई समय बचत गर्न, ग्राहक व्यवस्थापन सुधार्न, बिक्री क्षमतामा वृद्धि गर्न, र डिजिटल उपकरणमार्फत आत्मविश्वासका साथ विस्तार गर्न सहयोग गर्नेछौं।”
यो सेवा हाल काठमाडौं उपत्यका, पोखरा र चितवन मा उपलब्ध रहेको र निकट भविष्यमै अन्य शहरहरूमा पनि विस्तार गरिने कम्पनीहरूले जानकारी दिएका छन्। यसबाट प्रमुख शहरहरू बाहिरका एसएमईले पनि डिजिटल उपकरण र व्यवसाय अटोमेसनको लाभ लिन सक्ने विश्वास गरिएको छ।
दुवै कम्पनीका अनुसार, यो साझेदारीले नेपालका एसएमई मा डिजिटल प्रविधिको अपनत्व बढाउँदै ग्राहक व्यवस्थापन, बिक्री, मार्केटिङ तथा आन्तरिक सञ्चालनलाई आधुनिक, छरितो र परिणाममुखी बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।
प्रकाशित: १२ माघ २०८२, सोमबार