
काठमाडौं ।
अमेरिकामा आधारित युनिभर्सल म्युजिक ग्रुप (यूएमजी) र चीनको संगीत स्ट्रिमिङ सेवा नेटइज क्लाउड म्युजिकबीच बहुवर्षीय लाइसेन्सिङ सम्झौता भएको दुवै कम्पनीले सोमबार घोषणा गरेका छन्।
यस सम्झौताअन्तर्गत टेलर स्विफ्टलगायत यूएमजीसँग आबद्ध कलाकारहरूको संगीत नेटइज क्लाउड म्युजिक प्लेटफर्ममा स्ट्रिम गर्न सकिनेछ। सम्झौतामा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी प्रावधान र सर्तहरू पनि समावेश छन्, जसले “यूएमजीले प्रतिनिधित्व गर्ने संगीत र कलाकारलाई समर्थन तथा संरक्षण गर्ने जिम्मेवार एआई अभ्यासप्रति दुवै कम्पनीको साझा प्रतिबद्धता” प्रतिबिम्बित गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।
यूएमजी र नेटइज क्लाउड म्युजिकबीच यसअघि सन् २०२० मा पनि यस्तै किसिमको सम्झौता भएको थियो। सोमबार भएको नयाँ सम्झौताका सर्तहरू भने सार्वजनिक नगरिएको रोयटर्सले उल्लेख गरेको छ।
प्रकाशित: ७ माघ २०८२, बुधबार