
काठमाडौं ।
चीनले २०२६ को अन्तरिक्ष अभियानको सुरुवात गर्दै मङ्गलबार ‘योगान–५० ०१’ रिमोट सेन्सिङ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ। यो उपग्रह लङ मार्च–६ रकेटको परिमार्जित संस्करणबाट राति १०ः१६ बजे (बेइजिङ समय) ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट पठाइएको थियो।
प्रक्षेपणपछि उपग्रहले आफ्नो निर्धारित कक्षमा प्रवेश गरेको छ। भूउपग्रहको मुख्य उद्देश्य राष्ट्रिय भूमिको सर्वेक्षण गर्नु, बाली उत्पादनको अनुमान लगाउनु र प्रकोप रोकथाम तथा व्यवस्थापनमा सहयोग पुर्याउनु हो ।
यसका साथै यसले आपत्कालीन अवस्थाहरूमा डाटा उपलब्ध गराएर प्रभावकारी तयारीमा मद्दत गर्ने अपेक्षा गरिएको छ। यो प्रक्षेपण लङ मार्च रकेट श्रृङ्खलाको ६२४ औँ उडान हो, र चीनको सन् २०२६ को पहिलो सफल कक्षीय प्रक्षेपण पनि हो।
विशेषज्ञहरूले यस प्रक्षेपणलाई चीनको अन्तरिक्ष कार्यक्रमका लागि महत्वपूर्ण कदम र प्रविधिमा निरन्तर प्रगतिको प्रमाणको रूपमा लिएका छन्। रासस/सिन्ह्वा
प्रकाशित: ३० पुष २०८२, बुधबार