
काठमाडौं ।
नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को कार्तिक मसान्तबाट मंसिर मसान्तसम्मको एक महिनाको अवधिमा मोबाइल बैंकिङमार्फत् भएको कारोबार रकम र सङ्ख्या दुवैमा अघिल्लो महिनाको तुलनामा उल्लेख्य कमी आएको छ। यो प्रवृत्ति भदौबाट असोज मसान्तसम्म आइपुग्दा ठिक उल्टो थियो।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८२ मंसिर मसान्तसम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार मोबाइल बैंकिङ कारोबार सङ्ख्या र रकम दुवैमा उल्लेख्य बढोत्तरी भएको पाइएको हो।
कार्तिकमा मोबाइल बैंकिङमार्फत् गरिने कारोबार सङ्ख्या ५ करोड ८८ लाख ७७ हजार ३६७ रहेको थियो। कार्तिक मसान्तबाट मंसिर मसान्तसम्को एक महिनाको अवधिमा ४२ लाख ४९ हजार ३२४ बढेर समग्रमा ६ करोड ३१ लाख २४ हजार ६९१ पुगेको छ।
कारोबार रकम गत कार्तिकमा ४ खर्ब ४६ अर्ब १८ करोड ६० लाख थियो। असोज मसान्तबाट कार्तिक मसान्तसम्मको एक महिनाको अवधिमा ७० अर्ब ३० करोड ६० लाख रुपैयाँले बढेर समग्रमा ५ खर्ब १६ अर्ब ४९ करोड २० लाख पुगेको प्रतिवेदनले देखाएको छ।
प्रकाशित: २९ पुष २०८२, मंगलवार