वन प्लस सिक्स टीको मूल्य घट्यो, के वन प्लस सेभेन आउन लागेको हो ?

  • Technology Khabar | २५ चैत्र २०७५, सोमबार
वन प्लस सिक्स टीको मूल्य घट्यो, के वन प्लस सेभेन आउन लागेको हो ?

काठमाडौं ।

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर कम्पनी वन प्लसले आफ्नो स्मार्टफोन वनप्लस सिक्स टीको बजार मूल्य घटाएको छ । कम्पनीले चीनमा हालै वन प्लस सिक्स टी (One Plus 6T)स्मार्टफोनको मूल्य कटौती गरेको हो ।

सन्२०१८ को अन्त्यमा लन्च भएको यो स्मार्टफोनको ६जीबी भेरिएन्टको मूल्य हालै चीनमा ४०० यूआन अर्थात करिब ६० अमेरिकी डलरले घटाएको छ । हालसम्म किन कम्पनीले मूल्य कटौती गर्यो भन्ने जानकारी छैन तर कम्पनीले वन प्लस ६टी भेरिएमा उपलब्ध सबैको मूल्य कटौती गरेको हो ।

मूल्य घटाएपछि कम्पनीको शुरुवाती भेरिएन्ट ६जीबी र्याम १२८ जीबी स्टोरेजको मूल्य २,२९९ यूआन अर्थात करिब ३४२ डलर कायम भएको छ।

वन प्लस सिक्स टी यसअघि सार्वजनिक भएको वान प्लस सिक्सको अपग्रेड हो । जसमा ६.४१ इन्चको फूलएचडी प्लस ओएलईडी डिस्प्ले राखिएको छ ।

यसअघि आएका रिपोर्टअनुसार वन प्लस आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन वन प्लस सेभेन लन्च गर्ने तयारीमा रहेको छ । सो स्मार्टफोनका विभिन्न रेण्डर तस्विर लीक भईरहेका छन तर यो फोन कहिले आउँछ भन्ने अझै स्पष्ट छैन् ।

कम्पनीले नयाँ फोन बजारमा ल्याउनुभन्दा पहिले पुरानो भेरिएन्टको मूल्य घटाउने गरेको छ । त्यसैले वन प्लसले कतै नयाँ फोन त ल्याउन लागेको होईन भन्ने चर्चा शुरु भएको छ ।

तर अर्कोतर्फ चीनमा सरकारले करको दरमा कटौती गरेको हुँदा मूल्य घटेको बताईएको छ । चिनियाँ सरकारले स्मार्टफोनसहित लक्जरी सामाग्रीहरुमा कर घटाएको हुँदा त्यसको असर भएको बताईएको छ ।

यसअघि चीनमा टेक कम्पनी एप्पलले आफ्ना आईफोनहरुको मूल्यमा पनि कटौती गर्दै ग्राहक आकर्षित गर्ने प्रयास गरेको छ ।

यो स्मार्टफोन नेपाली बजारमा पनि उपलब्ध छ । नेपालमा आइहब नेपाल प्रालिले यो स्मार्टफोन आयात तथा बिक्री गर्ने गरेको छ । जून अन्य देशका बजारहरुमा भन्दा निकै महंगो मूल्यमा कम्पनीले बिक्री गरिरहेको छ । त्यसैले नेपाली बजारमा भने यो स्मार्टफोनको मूल्य घट्ने कुनै संभावना छैन् ।

प्रकाशित: २५ चैत्र २०७५, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

  • Technology Khabar
  • २५ चैत्र २०७५, सोमबार