१०,००१ एमएएच ब्याट्री भएको रियलमी स्मार्टफोन चाँडै लन्च हुँदैछ?

  • Technology Khabar | १६ पुष २०८२, बुधबार
१०,००१ एमएएच ब्याट्री भएको रियलमी स्मार्टफोन चाँडै लन्च हुँदैछ?
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

रियलमीले मे महिनामा १०,००० एमएएच ब्याट्री भएको प्रोटोटाइप स्मार्टफोन प्रस्तुत गर्दै यो वर्ष ७,५०० एमएएच ब्याट्री भएको फोन लन्च गर्ने बताएको थियो। साथै १०,००० एमएएच मोडेल चाँडै आउने कुरा पनि खुलासा गरेको थियो।

अहिलेसम्म, रियलमीबाट ७,००० एमएएच ब्याट्री भएका स्मार्टफोनहरू मात्र उपलब्ध छन्। ७,००० एमएएच ब्याट्री सहितको स्मार्टफोनहरूमा प्रमुख रुपमा जीटी ८ प्रो मोडेल समावेश रहेको छ।

१०,००० एमएएच ब्याट्री भएको फोनको व्यावसायिक उपलब्धताको बारेमा रियलमीबाट कुनै जानकारी प्राप्त नभए पनि एक रूसी ब्लगका इडिटर–इन–चीफले उक्त डिभाइसको फोटो साझा गर्दै प्रमुख विवरणहरूको खुलासा गरेका छन्।

जीएसएमएरिनाका अनुसार, मोडेल डेजिकनेसन आरएमएक्स५१०७ भएको नाम बिनाको रियलमी स्मार्टफोनमा १०,००१ एमएएच ब्याट्री रहेको बताइएको छ र स्मार्टफोनको उक्त ब्याट्री क्षमता हालै सार्वजनिक गरिएको अनर विन र विन आरटीको ब्याट्री क्षमता भन्दा १ एमएएच बढी हो।

यो स्मार्टफोन रियलमी यूआई ७.० मा चल्नेछ र डिभाइसमा १२ जीबी र्यामको साथ २५६ जीबी स्टोरेज रहनेछ।

यद्यपि, थप मेमोरी कन्फिगरेसनहरूको बारेमा भने थाहा नभएको टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: १६ पुष २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Disaster related hot line number ‘1234’ in operation in all districts

  • Technology Khabar
  • १६ पुष २०८२, बुधबार