एक चार्जमा ८६५ किलोमिटर इलेक्ट्रिक कार कुद्नसक्ने ब्याट्री आविश्कार

Technology Khabar २४ चैत्र २०७५, आईतवार

काठमाडौं ।

काठमाडौं । विश्वभर पछिल्लो समय इलेक्ट्रिक भेहिकल उत्पादन र प्रयोग गर्नेहरुको संख्या बढिरहेको छ । बढ्दो प्रदुषणले गर्दा इलेक्ट्रिक भेहिकलको संख्या बढिरहेपनि त्यसमा प्रयोग हुने ब्याट्री टेक्नोलोजी अझैपनि धेरैको लागि टाउको दुखाई भएको छ ।

सिमित क्षमताको ब्याट्री पावरले गर्दा इलेक्ट्रिक भेहिकलको वृद्धि र उपयोग अनुमान गरेअनुसार अझै भएको छैन् । तर हालै एक कम्पनीले ल्याएको ब्याट्री टेक्नोलोजीले समग्र इलेक्ट्रिक भेहिकल क्षेत्रलाई नै नयाँ आयाम दिने बताईएको छ ।

स्विडेनको स्टार्टअप कम्पनी इनोलिथले यस्तो लिथियम आयन ब्याट्री बनाएको छ, जसले एक पटकको चार्जमा इलेक्ट्रिक भेहिकललाई ९६५ किलोमिटरसम्म कुदाउन सकिन्छ । हार अनुसन्धानको तहमा रहेको यो ब्याट्री बजारमा आउन भने करिब ३ वर्ष लाग्ने कम्पनीले जानकारी दिएको छ ।

यो नयाँ ब्याट्री पावरले इलेक्ट्रिक भेहिकललाई अझ सहज र सजिलो बनाउने छ । जहाँ कम पावर र क्षमताको कारण इलेक्ट्रिक भेहिकले अन्य गाडिहरुलाई बिस्थापित गर्न सकेको छैन् ।

सो स्टार्टअप कम्पनीकाअनुसार बनाईएको १००० डब्लूएच/केजी ब्याट्रीको पेटेन्ट अझै हुन बाँकी छ र यो ब्याट्रीले हालको टेस्ला मोडल ३ कारको पानासोनिक ब्याट्री भन्दा तीन गुणा अधिक शक्तिशाली रहेको छ ।

एलन मस्कको कम्पनी टेस्लाले ल्याएको मोडल थ्री इलेक्ट्रिक भेहिकल कार सिंगल चार्जमा ४८२ किलोमीटरको दूरीसम्म कुदाउन सकिन्छ ।

स्टार्टअप कम्पनी इनोलिथका सीईओ सेर्गेई बुचिनले भने कि इलेक्ट्रिक भेहिकल सेगमेन्ट अहिलेको ब्याट्री क्षमताको सीमाबाट अझै समस्याग्रस्त छ । ग्राहकहरु सस्तो मूल्यमा यस्तो ब्याट्री चाहन्छन, जसले सिंगल चार्जमा अधिक रेन्ज दियो र यस्तो किसिमको ब्याट्रीमा आगो नलागोस् ।

इनोलिथ एनर्जी ब्याट्रीले यी सबै आवश्यकताअनुसारको ब्याट्री बनाउन सफल भएको दाबी गरेकोछ । रिपोर्टअनुसार शक्तिशाली ब्याट्री बनाउनका लागि कम्पनीले एउटा विशेष डिजाइन इनअग्र्यानिक इलेक्ट्रोलाइट तयार गरेको छ । जसलाई कम्पनीका अधिकारीहरुले नून भन्ने गर्दछन र यो साँच्चिकै नून जस्तै देखिन्छ ।

लामो दूरीको यात्रा इलेक्ट्रिक भेहिकलद्धारा गर्नको लागि यो ब्याट्री अहिलेको लिथियम आयन ब्याट्रीको तुलनामा निकै सुरक्षित भएको कम्पनीको भनाई छ । किनकी यसमा अहिलेको सुख्खा लिथियम आयनको साटो वाष्पशील रसायनको प्रयोग हुँदैन जून आगो लाग्ने मुख्य कारण हो । एजेन्सी

प्रकाशित: २४ चैत्र २०७५, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार

Yango Ride launches new safety flow within its app in Nepal

२४ चैत्र २०७५, आईतवार

ZTE nubia Air and nubia V80 Design coming soon to Nepal

२४ चैत्र २०७५, आईतवार

Tech tracking to tackle human-wildlife conflict in Zimbabwe

२४ चैत्र २०७५, आईतवार