शाओमी नेपालको आधिकारिक सर्भिस सेन्टर लाहानमा सञ्चालनमा आयो

  • Technology Khabar | १५ पुष २०८२, मंगलवार
शाओमी नेपालको आधिकारिक सर्भिस सेन्टर लाहानमा सञ्चालनमा आयो

काठमाडौं ।

विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले सिराहास्थित लाहानचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै नेपालमा आफ्नो सेवा विस्तार गरेको छ।

यो सुविधा केन्द्र शाओमी प्रयोगकर्तालाई थप सेवा, सुविधा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको हो। नयाँ सर्भिस सेन्टरमार्फत शाओमीका स्मार्टफोन, वेअरएबल्स ९जस्तै स्मार्टवाच र फिटनेस ब्यान्ड०, हियरएबल्स ९इयरफोन÷हेडफोन०, तथा आइओटी उपकरणहरूको मर्मत, सेवा तथा प्राविधिक सहयोग उपलब्ध गराइने कम्पनीले जनाएको छ।

सर्भिस सेन्टरले शाओमीका वास्तविक ९जेनुइन० स्पेयर पाट्र्स उपलब्ध गराउनुका साथै ग्राहकलाई गुणस्तरीय र भरपर्दो सेवा सुनिश्चित गर्नेछ।

प्रकाशित: १५ पुष २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...