मंसिरसम्म नेपाल भित्रिए १ अर्ब हाराहारीका राउटर, अघिल्लो महिनाको तुलनामा ३६ करोड रुपैयाँ बढी बाहिरियो

  • Technology Khabar | १६ पुष २०८२, बुधबार

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्षको पाँचौँ महिना मंसिर मसान्तसम्म १ अर्ब हाराहारीको राउटर आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को यो अवधिसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार ९५ करोड ७८ लाख ५० हजार रुपैयाँ बराबरको राउटर आयात भएको छ।

उक्त अवधिसम्म माथि उल्लिखित रकम बराबरको ३ लाख ८२ हजार ८२ थान राउटर आयात भएको विवरणमा उल्लेख छ।

कार्तिक महिनासम्ममा नेपालमा ५९ करोड ७६ लाख ५५ हजार रुपैयाँ बराबरको २ लाख ५६ हजार ५०७ थान राउटर आयात भएको थियो। कार्तिकबाट मंसिर मसान्तसम्म आउने क्रममा ३६ करोड १ लाख ९५ हजार रुपैयाँ बराबरको १ लाख २५ हजार ५७५ थान बढी आयात भएको पाइएको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा पनि छिमेकी चीन र भारतसहित विश्वका जम्मा १२ मुलुकबाट राउटर आयात भएको छ।

यो अवधिमा सबैभन्दा बढी चीनबाट ९० करोड ६ लाख ६१ हजार रुपैयाँ बराबरको ३ लाख ६३ हजार ८७४ थान राउटर आयात भएको छ। यसैगरी भारतबाट ५ लाख ६१ हजार बराबरको ३९२ थान, मलेसियाबाट ४ लाख ९८ हजार बराबरको ५१ थान, कतारबाट २ हजार बराबरको ५ थान, अमेरिकाबाट २ लाख ७७ हजार बराबरको २ थान राउटर आयात भएको छ। यसैगरी भियतनामबाट ५ करोड १६ लाख ५० हजार बराबरको १७ हजार ३६० थान राउटर आएको छ।

यस्तो छ विवरण

क्र.सं.‌ देश विवरण रकम हजारमा
१ चीन ३६३८७४ ९००६६१
२ जर्मनी १ ८४१
३ भारत ५६१ ३९२
४ लाट्भिया २१६ ३५२३
५ मलेसिया ५१ ४९८
६ कतार ५ २
७ साउदी अरेबिया १ ०
८ सिङ्गापुर १ १
९ यूएई ९ ३
१० बेलायत १ २
११ अमेरिका २ २७७
१२ भियतनाम १७३६० ५१६५०

प्रकाशित: १६ पुष २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार