शाओमी १७ अल्ट्राको लन्च मिति र डिजाइन आधिकारिक रूपमा सार्वजनिक

  • Technology Khabar | ८ पुष २०८२, मंगलवार
शाओमी १७ अल्ट्राको लन्च मिति र डिजाइन आधिकारिक रूपमा सार्वजनिक
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

गत हप्ता शाओमीले फ्ल्यागशिप १७ अल्ट्रा यो हप्ता चीनमा डेब्यू हुने कुराको जानकारी गराएको थियो। अब कम्पनीले फोनको सही लन्च मिति, डिजाइन र रङ्ग विकल्पहरू खुलासा गरेको छ।

शाओमी १७ अल्ट्रा डिसेम्बर २५ मा चीनमा अनावरण गरिने कम्पनीले वेईबो पोस्टमा पुष्टि गरेको छ। ब्रान्डले फोनको पछाडिको डिजाइन र रङ्ग विकल्पहरू पनि साझा गरेको छ।

शाओमी १७ अल्ट्रा नयाँ स्टारी ग्रीन भेरियन्ट सहित तीन रङ्ग विकल्पहरूमा उपलब्ध हुनेछ। टिजरहरूका अनुसार फोन सेतो र कालो रङ्गहरूमा बिक्री गरिनेछ। टिजरहरूले शाओमी १७ अल्ट्रामा ट्रिपल–रियर क्यामरा सेटअप हुने कुरा पनि पुष्टि गरेको छ।

फोनको स्टारी ग्रीन भेरियन्टमा मेटालिक फिनिशको लागि पछाडिको प्यानलमा मिनिरल पार्टिकल्स (खनिज कणहरू) रहेको देख्न सकिने छ। शाओमीले १७ अल्ट्रामा फ्ल्याट डिस्प्ले, सेग्मेन्टेड भोल्युम बटनहरू र ८.२९ एमएम बाक्लो बडी हुने खुलासा पनि गरेको छ।

शाओमी १७ अल्ट्रा स्न्यापड्रागन ८ एलिट जेन ५ एसओसीको साथ लन्च हुने अपेक्षा गरिएको छ। शाओमी १७ अल्ट्रामा १–इन्च प्रकारको मुख्य रियर सेन्सर, २०० मेगापिक्सेलको पेरिस्कोप टेलिफोटो क्यामरा र अपग्रेड गरिएको लाइका अप्टिक्स प्रदान गरिने हल्ला रहेको छ। यो ह्यान्डसेट आगामी महिनाहरूमा विश्वव्यापी रूपमा लन्च हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ८ पुष २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...