काठमाडौं ।
एप्पलको आगामी फोल्डेबल आईफोनमा वाइड इनर (चौडा भित्री) डिस्प्लेको साथ असामान्य रूपमा वाइड डायमेन्सन (चौडा आयामहरू) हुने हालैको लीकले उल्लेख गरेको छ। सामसङले पनि अब एप्पललाई टक्कर दिन यस्तै “वाइड” फोल्डेबलमा काम गरिरहेको बताइएको छ।
नयाँ रिपोर्ट अनुसार, सामसङले ७.६ इन्चको ओएलईडी इनर (भित्री) स्क्रिन भएको फोल्डेबलमा काम गरिरहेको र स्क्रिनको ४ः३ एसक्पेक्ट रेसियो हुनेछ। फोल्डेबल अर्को वर्ष पासपोर्ट–शैलीको डिजाइनको साथ अनावरण गरिने भनिएको छ।
स्क्रिनको आयाम र एसक्पेक्ट रेसियो आगामी आईफोन फोल्डसँग मिल्दोजुल्दो हुने र ७.५८ इन्चको इनर (भित्री) डिस्प्ले प्रदान गर्ने हल्ला रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
सामसङको आगामी ‘वाइड फोल्ड’ मा ५.४ इन्चको कभर स्क्रिन हुने रिपोर्टले उल्लेख गरेको छ। साथै डिभाइसले २५ वाट वायरलेस चार्जिङ प्रदान गर्ने भनिएको छ।
गत हप्ताको लीकमा उल्लेखनीय रूपमा सामसङको अफवाह गरिएको “वाइड” फोल्डेबलको तस्बिरहरू समावेश रहेका थिए। लीक अनुसार, सामसङले फोल्डेबल फर्म फ्याक्टरहरूमा केन्द्रित सर्वेक्षणको भागको रूपमा रिलिज नभएको फोल्डेबल फोनको तस्बिरहरू साझा गरेको रिपोर्ट गरिएको छ।
प्रकाशित: ८ पुष २०८२, मंगलवार