काठमाडौं ।
सरकारी निकायद्वारा प्रकाशित अनुसन्धान अनुसार बेलायतमा तीन मध्ये एक वयस्कले भावनात्मक साथ/समर्थन वा सामाजिक अन्तरक्रियाको लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरिरहेका छन्।
साथै उक्त २५ मध्ये एक जना हरेक दिन साथ/समर्थन वा कुराकानीको लागि यो प्रविधिको सहायता लिने गरेको एआई सुरक्षा संस्थान (एआईएसआई) ले आफ्नो पहिलो रिपोर्टमा बताएको छ।
यो रिपोर्ट ३० भन्दा बढी उन्नत एआई मोडेलहरूको क्षमता परीक्षणको दुई वर्षको आधारमा तयार पारिएको बताइएको छ। नाम उल्लेख नगरिएको यो रिपोर्टले साइबर क्षमता, रसायन विज्ञान र जीवविज्ञान लगायतका महत्वपूर्ण सुरक्षा क्षेत्रहरूलाई समेट्ने बीबीसीले रिपोर्ट गरेको छ।
एआईएसआईको कामले कम्पनीहरूलाई “उनीहरूको एआई प्रणाली व्यापक रूपमा प्रयोग हुनुभन्दा पहिले” समस्याहरू समाधान गर्न मद्दत गरेर आफ्नो भविष्यका योजनाहरूलाई समर्थन गर्ने सरकारले बताएको छ।
२,००० भन्दा बढी ब्रिटिश वयस्कहरूको एआईएसआई सर्वेक्षणले मानिसहरूले मुख्यतया भावनात्मक साथ/समर्थन वा सामाजिक अन्तरक्रियाको लागि च्याटजीपीटी जस्ता च्याटबटहरू प्रयोग गर्ने गरेको र त्यसपछि अमेजनको एलेक्सा जस्ता भ्वाइस एसिस्टेन्टहरू रहेको भन्ने तथ्य पत्ता लगाएको उल्लेख गरिएको छ।
अनुसन्धानकर्ताहरूले प्रविधि असफल हुँदा एआई साथीहरूको बारेमा छलफल गर्न समर्पित २० लाख भन्दा बढी रेडिट प्रयोगकर्ताहरूको अनलाइन समुदायलाई के भयो भनेर पनि विश्लेषण गरेको रिपोर्ट गरिएको छ।
अनुसन्धानकर्ताहरूले च्याटबटहरू बन्द गरिँदा, मानिसहरूले चिन्ता वा डिप्रेसनको भावना, साथै निद्रामा अवरोध वा आफ्नो जिम्मेवारीहरूको बेवास्ता जस्ता आत्म–वर्णित “विथड्रल सिम्टम्स” (लक्षणहरू)को बारेमा रिपोर्ट गरेको पत्ता लगाएको टेलीग्राफले रिपोर्ट गरेको गरेको छ।
प्रकाशित: ८ पुष २०८२, मंगलवार