मोबाइल बैंकिङमार्फत् भएको कारोबार रकम एकै महिनामा १ खर्ब बढीले घट्यो

  • Technology Khabar | ३ पुष २०८२, बिहीबार
मोबाइल बैंकिङमार्फत् भएको कारोबार रकम एकै महिनामा १ खर्ब बढीले घट्यो

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को असोज मसान्तबाट कार्तिक मसान्तसम्मको एक महिनाको अवधिमा मोबाइल बैंकिङमार्फत् भएको कारोबार रकम र सङ्ख्या दुवैमा अघिल्लो महिनाको तुलनामा उल्लेख्य कमी आएको छ। यो प्रवृत्ति भदौबाट असोज मसान्तसम्म आइपुग्दा ठिक उल्टो थियो।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८२ कार्तिक मसान्तसम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार मोबाइल बैंकिङ कारोबार सङ्ख्या र रकम दुवैमा उल्लेख्य  कमी आएको पाइएको हो।

असोजमा मोबाइल बैंकिङमार्फत् गरिने कारोबार सङ्ख्या ६ करोड ४३ लाख ५२ हजार २६५ रहेको थियो। असोज मसान्तबाट कार्तिक मसान्तसम्को एक महिनाको अवधिमा ५४ लाख ७६ हजार ८९८ घटेर समग्रमा ५ करोड ८८ लाख ७७ हजार ३६७ मा आइपुगेको छ।

कारोबार रकम गत असोजमा ५ खर्ब ४८ अर्ब ५१ करोड ५० लाख थियो। असोज मसान्तबाट कार्तिक मसान्तसम्मको एक महिनाको अवधिमा १ खर्ब २ अर्ब ३२ करोड ९० लाख रुपैयाँले घटेर समग्रमा ४ खर्ब ४६ अर्ब १८ करोड ६० लाखमा आइपुगेको प्रतिवेदनले देखाएको छ।

प्रकाशित: ३ पुष २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...