मेक्सिकोमा जून २०२६ सम्म सबै मोबाइल प्रयोगकर्ताहरूले दर्ता गर्न आवश्यक पर्ने नियम जारी

Technology Khabar ३ पुष २०८२, बिहीबार

काठमाडौं ।

दक्षिण अमेरिकी देश मेक्सिकोले जून २०२६ सम्ममा सबै मोबाइल प्रयोगकर्ताहरूलाई दर्ता गर्न आवश्यक पर्ने नियम ल्याएको छ।

अहिले निष्क्रिय आईएफटीलाई प्रतिस्थापन गरेको मेक्सिकोको दूरसञ्चार नियामक आयोग (सीआरटी) ले आपराधिक गतिविधिहरूको लागि गुमनाम रूपमा प्रयोग हुनबाट रोक्न मोबाइल लाइनहरू दर्ता गर्ने नयाँ दिशानिर्देशहरू अनुमोदन गरेको बताएको छ।

९ जनवरी २०२६ देखि, निलम्बन रोक्नको लागि सबै प्रिपे र पोस्टपे हुने लाइनहरू एक व्यक्ति वा कानुनी संस्थामा दर्ता हुनुपर्छ।

अवस्थित लाइनहरूका प्रयोगकर्ताहरूलाई आफ्नो दर्ता पूरा गर्न १२० दिनको अवधि (लगभग सन् २०२६ जून महिनासम्म) हुनेछ।

समयसीमा भित्र दर्ता नभएका लाइनहरू तुरुन्तै निलम्बनमा पर्नेछन्। निलम्बित फोनहरूले आपतकालीन कलहरू मात्र गर्न सक्नेछन् भने नियमित भ्वाइस, टेक्स्ट र मोबाइल डाटा सेवाहरू असक्षम पारिनेछन्।

प्रकाशित: ३ पुष २०८२, बिहीबार

तपाइको प्रतिक्रिया