
काठमाडौं ।
एप्पलले अन्ततः आफ्नो आईफोन फोल्डको साथ अर्को वर्ष फोल्डेबल स्मार्टफोन खेलमा आफ्नो पाइला टेक्ने हल्ला व्यापक रूपमा फैलिएको छ। एप्पलको उक्त पहिलो फोल्डेबल डिभाइसलाई आईफोन फोल्ड भनिए तापनि आधिकारिक नाम के हुनेछ भनेर स्पष्ट छैन।
वेइबोमा, चिनियाँ लीकर डिजिटल च्याट स्टेशनले डिभाइसको बारेमा थप विवरणहरू साझा गरेको छ। डिजिटल च्याट स्टेशनका अनुसार, आईफोन फोल्डमा सामान्य बुक–स्टाइल (पुस्तक–शैली) फोल्डेबल स्मार्टफोन फेसनमा साइड–माउन्ट गरिएको फिङ्गरप्रिन्ट सेन्सर हुनेछ।
रिपोर्ट अनुसार डिभाइसमा फेस आईडी र अन्डर–डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानर उपलब्ध नहुने बताइएको छ। आईफोन फोल्डको मुख्य फोल्डिङ्ग स्क्रिन ७.५८ इन्चको हुने भनिएको छ र स्क्रिनमा अन्डर–डिस्प्ले सेल्फी क्यामरा समावेश गरिएको बताइएको छ। साथै कभर डिस्प्ले ५.२५ इन्चको हुने र डिस्प्लेमा सेल्फी स्न्यापरको लागि होल–पञ्च हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
आईफोन फोल्डको पछाडि कथित रूपमा दुईओटा रियर क्यामराहरू समावेश गरिने बताइएको छ र त्यसमध्ये कम्तिमा एउटा ४८ मेगापिक्सेल रिजोल्युसन भएको क्यामरा हुनेछ। विश्लेषकहरूले आइफोन फोल्ड २०२६ मा लन्च भएपछि डिभाइसले फोल्डेबल स्मार्टफोन बजारलाई पुनर्जीवित गर्ने भविष्यवाणी गरिसकेका छन्।
प्रकाशित: २ पुष २०८२, बुधबार