गुगल ट्रान्सलेट एप नयाँ भाषाहरू सहित विस्तार गरिदै

  • Technology Khabar | २ पुष २०८२, बुधबार
गुगल ट्रान्सलेट एप नयाँ भाषाहरू सहित विस्तार गरिदै
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

स्थानीय भाषा नबोल्ने ठाउँहरूमा यात्रुहरूलाई वर्षौंसम्म मद्दत गरेको गुगल ट्रान्सलेटले गर्मीमा भाषा सिक्ने टुल लन्च गरेको थियो।

अब, गुगलले चुपचाप धेरै नयाँ भाषाहरू थप गरेको छ र प्रयोगकर्ताले एपमा अभ्यास गर्न सक्नेछन्।

गुगलले अंग्रेजी बोल्नेहरूलाई स्पेनी र फ्रेन्चका साथै फ्रान्सेली, स्पेनी वा पोर्चुगिज बोल्ने मानिसहरूलाई अंग्रेजी सिकाउने क्षमताको साथ अनुवाद एपमा अभ्यास मोडको बीटा संस्करण लन्च गरेको हो।

एपले अब अंग्रेजी बोल्नेहरूले सिक्न सक्ने भाषाहरूमा पोर्चुगिज र जर्मन थप्दैछ भनि रिपोर्ट गरिएको छ।

साथै, एपले अब आठ नयाँ भाषा बोल्नेहरूलाई अंग्रेजी सिकाउन सक्ने उल्लेख गरिएको छ। ती भाषाहरुमा बंगाली, जर्मन, हिन्दी, इटालियन, डच, रोमानियाली, स्विडिश र चिनियाँ रहेका छन्।

गुगलको टुल कुनै भाषाको मूल वक्ता नभएका प्रयोगकर्ताको भाषा सीप सुधार गर्नको लागि उपयुक्त हुने टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: २ पुष २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...