विधामा आधारित च्यानल ल्याउँदै यूट्युब टीभी, आला कार्ट प्रणालीमा कन्टेन्ट हेर्न पाइने

  • Technology Khabar | २६ मंसिर २०८२, शुक्रबार
विधामा आधारित च्यानल ल्याउँदै यूट्युब टीभी, आला कार्ट प्रणालीमा कन्टेन्ट हेर्न पाइने

काठमाडौं ।

यूट्युब टीभीले २०२६ को सुरुवातमा १० भन्दा बढी ‘विधाविशेष’ च्यानल प्याकेज ल्याउने घोषणा गरेको छ। गुगल स्वामित्वको यस सेवाले बुधबार जानकारी दिएअनुसार यस कदमले पहिलोपटक यूट्युब टीभीले आफ्नो केबल-जस्तै च्यानल बन्डललाई छुट्टाछुट्टै प्याकेजमा विभाजन गर्नेछ। नयाँ प्याकेजहरूले उपभोक्तालाई आफूले चाहेको सामग्रीका लागि मात्र भुक्तानी गर्ने थप सुविधा दिनेछन्।

आउँदै गरेका प्याकेजमध्ये एउटा स्पोर्ट्सका लागि हुनेछ, जसमा प्रमुख प्रसारकहरूसँगै एफएस१, एनबीसी स्पोर्ट्स नेटवर्क, सबै ईएसपीएन च्यानलहरू र ईएसपीएन अनलिमिटेडसम्म उपलब्ध हुनेछ। प्रयोगकर्ताले एनएफएल सण्डे टिकेट र रेडजोन जस्ता एड-अन पनि थप्न सक्नेछन्।

यूट्युबका अनुसार प्रयोगकर्ताले अहिले जस्तै अनलिमिटेड डीभीआर, मल्टिभ्यू, की प्लेज र फ्यान्टासी भ्यूजस्ता लोकप्रिय सुविधामा पहुँच पाउनेछन्। कम्पनीले सबै प्याकेजहरूको सूची नखोले पनि समाचार, परिवार तथा मनोरञ्जनका लागि छुट्टाछुट्टै प्याकेज रहने बताए।

टेकक्रञ्चका अनुसार विधाविशेष योजनाहरू थपेर यूट्युब टीभीले महिनामा ८२.९९ डलर तिर्नु नपरोस् भन्ने चाहनाका साथ केवल केही कार्यक्रम मात्र हेर्न चाहने प्रयोगकर्तालाई आकर्षित गर्ने लक्ष्य राखेको देखिन्छ। लगातार बढ्दो मूल्यबाट थाकेका प्रयोगकर्ताले पनि कम खर्चमा योजना छान्न मिल्ने भएपछि सेवा छोड्ने सम्भावना कम हुन सक्छ।

हाल यूट्युब टीभीले आफ्नो आधारभूत प्लानका लागि महिनामा ८२.९९ डलर लिन्छ जसमा प्रमुख प्रसारक र नेटवर्कहरूको लाइभ तथा अनडिमान्ड सामग्री समावेश हुन्छ। आउने साना प्याकेजहरूको मूल्य बेस प्लानभन्दा कम हुनेछ तर कम्पनीले विस्तृत मूल्य सूची सार्वजनिक गरेको छैन।

“टिभी सरल हुनुपर्छ, जसले दर्शकलाई आफूले हेर्न चाहेको कुरामा बढी नियन्त्रण दिन्छ,” यूट्युबका सब्स्क्रिप्शन प्रमुख क्रिस्टियन ओस्ट्लिएनले आफ्नो ब्लग पोस्टमा लेखे।

“हाम्रो लक्ष्य भनेको तपाईंले आफ्नो आवश्यकताअनुसार सब्स्क्रिप्शन मिलाउन सक्नुहोस भन्ने हो। तपाईंले १००+ च्यानल भएको मुख्य योजना लिन सक्नुहुन्छ, वा केवल स्पोर्ट्समा ध्यान दिन सक्नुहुन्छ, वा स्पोर्ट्स र समाचार मिलाउन सक्नुहुन्छ, वा परिवार तथा मनोरञ्जन केन्द्रित योजना छान्न सक्नुहुन्छसबै योजनाहरू छान्न सजिलो हुनेछ।”

यसबीच अन्य टिभी सेवाप्रदायकहरूले पनि विधाकेन्द्रित सस्ता स्ट्रीमिङ प्याकेजहरू ल्याइरहेका छन्। उदाहरणका लागि डाइरेक्ट टीभीले स्पोर्ट्स, मनोरञ्जन, समाचार, बालसम्पर्कका लागि जन्र प्याक्स” उपलब्ध गराउँछ। फुबोले अगस्टमा नयाँ स्पोर्ट्स प्याकेज सुरू गरेको थियो। यस क्षेत्रमा पहिलेदेखि सक्रिय स्लिङ टीभीले पनि लामै समयदेखि आला कार्ता शैलीमा प्याकेज छान्न मिल्ने मोडेलको समर्थन गर्दै आएको छ।

प्रकाशित: २६ मंसिर २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...