काठमाडौं ।
गुगल पिक्सेल १०ए २०२६ को सुरुवातमा लन्च हुने अपेक्षा गरिएको छ। इभान ब्लासले साझा गरेको भेरिजोन प्रमाणीकरणले डिभाइस बारे केही थप स्पेसिफिकेशनहरू उपलब्ध गराएको छ। १०ए आफ्नो पूर्ववर्ती जस्तै देखिनेछ भनपहिले नै थाहा थियो भने अब डिभाइसको कोर स्पेसिफिकेशनहरू पनि समान हुने पुष्टि भएको छ।
फोनमा एफएचडी+ रिजोल्युसन र १२०हर्ज रिफ्रेस रेटको साथ ६.२८ इन्चको एएमओएलईडी फिचर गरिने छ। पञ्च होल कटआउटमा १३ मेगापिक्सेलको सेल्फी क्यामरा हुनेछ भने डिभाइसको पछाडि १३ मेगापिक्सेलको अल्ट्रावाइड लेन्स (एफ/२.२) को साथ एफ/१.७ एपर्चर भएको उही ४८ मेगापिक्सेलको मुख्य क्यामरा समावेश गरिने पुष्टि भएको छ।
सूचीकरणले बेस ट्रिमको लागि ८जीबी र्याम र १२८जीबी स्टोरेज र सम्भवतः अझै पनि २३ वाट गतिमा चार्ज हुने ५,१०० एमएएच ब्याट्री रहने पुष्टि पनि गेरको छ। नयाँ सूचीमा चिपसेटको कुनै उल्लेख नभए पनि पिक्सेल ९ए मा प्रयोग गरिएको टेन्सर जी४ चिपसेट पिक्सेल १०ए ले कायम राख्ने सेप्टेम्बरको एउटा हल्लाले सुझाव दिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २६ मंसिर २०८२, शुक्रबार