Technology Khabar ११ मंसिर २०८२, बिहीबार
काठमाडौं ।
ह्याकरहरुले अमेरिकी रेडियो प्रसारण उपकरण खोसेर गरी झूटा आपतकालीन सन्देश र अश्लील शब्दहरू प्रसारण गरिरहेको संघीय सञ्चार आयोग (एफसीसी) ले बुधबार जनाएको छ।
सार्वजनिक सूचनामा एफसीसीले हालै विभिन्न रेडियो प्रसारकहरूमा साइबर घुसपैठ भएका घटनाबाट अमेरिकाको इमरजेन्सी अलर्ट सिस्टमको “जनाउ घण्टी” बज्ने अवस्था आएको बताए। यो सिग्नल टर्नेडो, हरिकेन, भूकम्प जस्ता घटनाबारे सरकारी चेतावनी अघि बजाइने आवाज हो।
एफसीसी अनुसार ह्याकर्सले स्विस नेटवर्क अडियो कम्पनी बारिक्सले बनाएको कमजोर रूपमा सुरक्षित उपकरण ह्याक गरी ती उपकरणलाई रेडियोको नियमित कार्यक्रमको सट्टा आक्रमणकारीले नियन्त्रण गरेको अडियो प्राप्त हुने गरी पुनःव्यवस्थित गरेका छन्।
रोयटर्सका अनुसार प्रभावित स्टेशनहरूले वास्तविक वा नक्कली जनाउ घण्टी र ईएएस टोनसमेत भएको आक्रमणकारीले पठाएको अडियो, अश्लील शब्द, र अन्य अनुचित सामग्री प्रसारण गरेका छन्।
सूचनामा हाल टेक्सास र भर्जिनियामा रेडियो स्ट्रिमहरू हाइज्याक गरी घृणास्पद वा आपत्तिजनक सामग्री प्रसारण गरिएकोबारेका रिपोर्टहरू उल्लेख छन्। एफसीसीले प्रसारकहरूलाई डिफल्ट पासवर्ड परिवर्तन गर्ने, नियमित रूपमा अपडेटहरू इन्स्टल गर्नेजस्ता आधारभूत सुरक्षा उपाय अपनाउन आग्रह गरेको छ।
बारिक्सले प्रतिक्रिया नदिएको एफसीसीले बताएको छ। तर २०१६ मा यस्तै घटनाहरूपछि कम्पनीले जारी गरेको बयानमा भनेको थियो कि उपकरण सही रूपमा सेटअप गरी बलियो पासवर्डले सुरक्षित गरिएमा प्रसारणका लागि सुरक्षित हुन्छन्।
प्रकाशित: ११ मंसिर २०८२, बिहीबार