ताजा समाचार

भोजपुर कारागारका कैदीबन्दीलाई ‘स्मार्ट कार्ड’

भोजपुर कारागारका कैदीबन्दीलाई ‘स्मार्ट कार्ड’
Global IME Bank

भोजपुरको जिल्ला कारागार कार्यालयमा रहेका कैदीबन्दीलाई राष्ट्रिय परिचयपत्रको ‘स्मार्ट कार्ड’ वितरण गरिएको छ।

जिल्ला प्रशासन कार्यालयको टोलीले कारागारमा रहेका २२ पुरुष र दुई जना महिला गरी २४ जना कैदीबन्दीलाई कार्ड प्रदान गरेको हो।

कारागार प्रमुख केशव खनालले ‘स्मार्ट कार्ड’ले कैदीबन्दीलाई नागरिक सेवामा पहुँच बढाउने र अभिलेखमा उनीहरूको पहिचान सुनिश्चित भई प्रशासनिक काममा समेत सहज हुने बताए। रासस

Sajilo Visa
easy care