कार्तिक मसान्तसम्म नेपाल भित्रिए साढे ७ अर्बमाथिका ३ हजार २ सय विद्युतीय सवारी साधन

Technology Khabar ८ मंसिर २०८२, सोमबार

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८२/८३ को चौथो महिना असोज मसान्तसम्ममा नेपालमा ७ अर्ब ५४ करोड ८२ लाख ८५ हजार रुपैयाँ बराबरको ३ हजार २ सय ३ थान विद्युतीय चारपाङ्ग्रे सवारी साधान आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को कार्तिक महिनासम्मको वैदेशिक व्यापार प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको पाइएको हो।

प्रतिवेदनका अनुसार यसरी भित्रिएका चारपाङ्ग्रे सवारी साधनमा विशेषगरी सामान्य कार, जीप र भ्यानका साथै अतिरिक्त मोटर पावर भएका कार, जीप र भ्यान रहेका छन्। यो सूचीमा तीनपाङ्रे र दुईपाङ्रे सवारी साधनलाई समावेश गरिएको छैन।

भन्सार विभागका अनुसार यस अवधिमा चीन, भारत र जर्मनी, द. कोरिया, इण्डोनेसिया र अमेरिका र बेलायत गरी विश्वका ७ देशबाट ती सवारी साधन भित्रिएका हुन्।

यस्तो छ आयातको विवरण:

५० किलोवाटसम्मको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
कार, जीप र भ्यानचीन५० किलोवाटसम्म६६०१०९७६९५
कार, जीप र भ्यानभारत५० किलोवाटसम्म३४२५९२२९८

 

५१ देखि १०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

 

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
कार, जीप र भ्यानचीन५१ देखि १०० किलोवाटसम्म१२६७३३०६१८३
कार, जीप र भ्यानभारत५१ देखि १०० किलोवाटसम्म२७६६५११८०
कार, जीप र भ्यानथाइल्याण्ड५१ देखि १०० किलोवाटसम्म२८२७८४५६६
कार, जीप र भ्यानबेलायत५१ देखि १०० किलोवाटसम्म४९८८

 

१०१ देखि २०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

 

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
पिक पावरयुक्त कार, जीप र भ्यानचीन१०१ देखि २०० किलोवाटसम्म३४९९८२०१७
पिक पावरयुक्त कार, जीप र भ्यानजर्मनी१०१ देखि २०० किलोवाटसम्म३७८४८
पिक पावरयुक्त कार, जीप र भ्यानभारत१०१ देखि २०० किलोवाटसम्म२७९२५
पिक पावरयुक्त कार, जीप र भ्यानद कोरिया१०१ देखि २०० किलोवाटसम्म१५७२५
पिक पावरयुक्त कार, जीप र भ्यानअमेरिका१०१ देखि २०० किलोवाटसम्म१०४३२७८

 

२०१ देखि ३०० किलोवाटसम्मको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
पिक पावरयुक्त कार, जीप र भ्यानचीन२०१ देखि ३०० किलोवाटसम्म४८४९

प्रकाशित: ८ मंसिर २०८२, सोमबार

तपाइको प्रतिक्रिया