इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकम र सङ्ख्या दुवै बढ्यो

  • Technology Khabar | १ मंसिर २०८२, सोमबार
इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकम र सङ्ख्या दुवै बढ्यो

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिना भदौ मसान्तबाट असोज मसान्तसम्मको एक महिनाको अवधिमा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकम र सङ्ख्या दुवैमा अघिल्लो महिनाको तुलनामा उल्लेख्य बढोत्तरी भएको छ। यो प्रवृत्ति साउनबाट भदौामा जाँदा ठिक उल्टो थियो।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८२ असोज समान्तसम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार इन्टरनेट बैंकिङ कारोबार सङ्ख्या र रकम दुवैमा उल्लेख्य बढोत्तरी भएको पाइएको हो।

भदौमा इन्टरनेट बैंकिङमार्फत् गरिने कारोबार सङ्ख्या ५ लाख २७ हजार १५६ रहेको थियो। भदौ मसान्तबाट असोज मसान्तसम्को एक महिनाको अवधिमा १ लाख २९ हजार ४२२ बढेर समग्रमा ६ लाख ५६ हजार ५७८ पुगेको छ।

कारोबार रकम गत भदौमा १९ अर्ब ८१ करोड ७० लाख रहेको थियो। भदौ मसान्तबाट असोज मसान्तसम्मको एक महिनाको अवधिमा २ अर्ब ८ करोड ४० लाख रुपैयाँले बढेर समग्रमा २१ अर्ब ९० करोड १० लाख पुगेको प्रतिवेदनले देखाएको छ।

प्रकाशित: १ मंसिर २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार