डिशहोमका ग्राहकले भर्चुअल प्रिभिलेज कार्डमार्फत द ट्राङक्विलिटी स्पामा विशेष सुविधा प्राप्त गर्ने

Technology Khabar २२ कार्तिक २०८२, शनिबार

डिशहोमका ग्राहकले भर्चुअल प्रिभिलेज कार्डमार्फत द ट्राङक्विलिटी स्पामा विशेष सुविधा प्राप्त गर्ने
Global IME Bank

काठमाडौं ।

डिशहोमले नेपालभरका स्पा तथा सलोन सेवामा अग्रणी र विश्वसनीय नाम मध्ये एक, द ट्राङक्विलिटी स्पासँग रणनीतिक साझेदारी गरेको घोषणा गरेको छ।

डिशहोमको अभिनव भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रमअन्तर्गत सुरु गरिएको यो सहकार्यले ग्राहकहरूको जीवनशैलीलाई अझ समृद्ध बनाउन र उनीहरूलाई देशव्यापी रूपमा विशेष स्वास्थ्य तथा वेलनेस लाभहरू प्रदान गर्ने लक्ष्य राखेको बताएको छ।

अब डिशहोमका सक्रिय ग्राहकहरूले नेपालभर रहेका सबै ट्राङक्विलिटी स्पा शाखाहरूमा सबै स्पा र सलोन सेवामा २५% छुट, सबै सलोन सेवामा २०% छुट, ट्राङक्विलिटी इन्टरनेशनल ब्यूटी एण्ड स्पा एकेडेमी (TIBSA) मा हुने तालिम कार्यक्रममा ३०% छुट प्राप्त गर्न सक्नेछन् ।

लक्जरी वातावरण, अनुभवी थेरापिस्टहरू र विश्वस्तरीय उपचारका लागि परिचित द ट्राङक्विलिटी स्पा ले नेपालमा वेलनेस र रिल्याक्सेसनको पर्यायका रूपमा आफ्नो स्थान स्थापित गरेको छ। देशका प्रमुख सहरहरू र पर्यटनस्थलहरूमा शाखा विस्तार गरिसकेको यस स्पाले डिशहोमका ग्राहकहरूलाई मनोरञ्जन र स्वास्थ्यका उत्कृष्ट सुविधाहरू एउटै प्लेटफर्ममा उपलब्ध गराएको छ।

यो सुविधा केवल सक्रिय डिशहोम ग्राहकहरूका लागि, माइडिशहोम एप (myDishHome App) मार्फत उपलब्ध रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: २२ कार्तिक २०८२, शनिबार

Sajilo Visa
तपाइको प्रतिक्रिया