सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर काठमाडौँ महानगरपालिकाका प्रमुख साहविरुद्ध उजुरी

  • Technology Khabar | २० कार्तिक २०८२, बिहीबार
सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर काठमाडौँ महानगरपालिकाका प्रमुख साहविरुद्ध उजुरी
फाइल तस्विर

काठमाडौं ।

राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ। प्रमुख साहले केही दिनअघि नेपालमा प्रमुख दल, छिमेकीलगायत मित्रराष्ट्रविरुद्ध सामाजिक सञ्जालमा लेखेको विषयलाई साइबर कानुनअन्तर्गत कारबाही गर्न भोटाहिटीस्थित ब्युरोका कार्यालयमा पुगेर सङ्घले आज उजुरी दिएको हो।

सङ्घका उपाध्यक्ष महाराज गुरूङले आफूहरुले ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक नवीन्द अर्याललाई भेटेर उजुरी दिएको र उनीहरुले कानुनी अवस्था अध्ययन गरेर निर्णय गर्ने बताएको जानकारी दिए।-रासस

प्रकाशित: २० कार्तिक २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार