नागरिक एपमा पुन: फर्कियो जेनजी आन्दोलनका क्रममा गायब भएको ड्राइभिङ लाइसेन्स सेवा

  • Technology Khabar | १९ कार्तिक २०८२, बुधबार
नागरिक एपमा पुन: फर्कियो जेनजी आन्दोलनका क्रममा गायब भएको ड्राइभिङ लाइसेन्स सेवा

काठमाडौं ।

केही समयदेखि गायब भएको नागरिक एपमा रहेको सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) सेवा पुन फर्किएको छ। यातायात व्यवस्था विभागले हालै आफ्नो इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स भेइकल रजिस्ट्रेशन सिस्टम ईडीएलभीआरएस पुन:सुचारु गरेसँगै नागरिक एपमा यो सेवा एकीकृत भएको हो।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था विभागको भवन र सर्भरमा आगलागी भएपछि नागरिक एपबाट ड्राइभिङ लाइसेन्स सेवा एकाएक गायब भएको थियो।

यससँगै ट्राफिक नियम उल्लङ्घन तथा जरिवानाको अवस्था जाँच गर्ने सेवा पनि सुचारु भएको छ।

ड्राइभिङ लाइसेन्स विभागको सर्भरमा सबै डाउनलोड हुने नभइ रिक्वेस्ट आएपछि एपीआईमार्फत् यातायात व्यवस्था विभागको सर्भरबाट तानिने व्यवस्था छ।

आगलागीका क्रममा विभागको डाटा ठिक रहे पनि सर्भर पूरै जलेका कारण सर्भर बनेपछि मात्र सेवा सामान्य अवस्थामा फर्किने विभागले बताएको थियो। अहिले त्यसै अनुरुप सेवा सुचारु भएको हो।

प्रकाशित: १९ कार्तिक २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार