सामसङ ग्यालेक्सी एस२६ अल्ट्राको क्यामरा स्पेसिफिकेशन लीक

Technology Khabar २१ कार्तिक २०८२, शुक्रबार

सामसङ ग्यालेक्सी एस२६ अल्ट्राको क्यामरा स्पेसिफिकेशन लीक
Global IME Bank

काठमाडौं ।

सामसङ ग्यालेक्सी एस२६ अल्ट्रा २०२६ को फेब्रुअरीको अन्त्यमा डेब्यू हुने अपेक्षा गरिएको छ। हालैका रिपोर्टहरूले फ्ल्यागशिपले यस वर्ष प्रमुख क्यामरा अपग्रेडहरू छोड्न सक्ने संकेत गरेको र नयाँ लीकले अब ती दावीहरूलाई समर्थन गरेको उल्लेख गरिएको छ।

एक टिपस्टरका अनुसार, ग्यालेक्सी एस२६ अल्ट्राले ग्यालेक्सी एस२५ अल्ट्राको जस्तै क्यामरा हार्डवेयर राख्ने अपेक्षा गरिएको र त्यसमा एक मात्र परिवर्तन भनेको १० मेगापिक्सेल टेलिफोटो सेन्सरको प्रतिस्थापन हुने उल्लेख गरिएको छ।

त्यसैगरी ३× टेलिफोटो क्यामराले नयाँ १२ मेगापिक्सेल सामसङ एस५के३एलडी सेन्सर प्रयोग गर्ने भनिएको छ। टिपस्टरले उल्लेखनीय रूपमा, फोनले नयाँ एपीभी भिडियो कोडेक विकल्प प्रदान गर्ने कुराको पनि खुलासा गरेको छ।

ग्यालेक्सी एस२६ अल्ट्राले २०० मेगापिक्सेल सामसङ एचपी२ मुख्य रियर क्यामरा, ५० मेगापिक्सेल जेएन३ अल्ट्रावाइड युनिट र ५× अप्टिकल जुमको साथ ५० मेगापिक्सेल सोनी आईएम एक्स८५४ पेरिस्कोप टेलिफोटो सेटअप प्रदान गर्नेछ। सेल्फीहरूको लागि, टिपस्टरका अनुसार फोनले १२ मेगापिक्सेल सोनी आईएम एक्स८७४ सेन्सर प्रयोग गर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २१ कार्तिक २०८२, शुक्रबार

Sajilo Visa
तपाइको प्रतिक्रिया