Technology Khabar २० कार्तिक २०८२, बिहीबार
काठमाडौं ।
नेपाल प्रहरीको जिल्ला प्रहरी परिसरले काठमाडौंले अनलाइनबाट विभिन्न बहाना बनाइ ठगी गर्ने क्रम बढिरहेकाले सावधान रहन आग्रह सबैसँग गरेको छ।
अनलाइनमा सस्तो दरमा सामान देखाइ अग्रिम रकम भुक्तानी गर्न लगाउने र पैसा आएको छैन भन्दै ह्वाट्सएप एप कलमा स्क्रिन सेयर गर्न लगाइ ओटिपी लिएर बैंक खाता ह्याक गरि ठगी गर्ने जस्ता घटनाहरू बढी रहेकोमा प्रहरीले सतर्क गराएको छ।
कुनै पनि व्यक्तिलाई स्क्रिन सेयर गर्ने, ओटिपी दिने जस्ता कार्यहरू नगर्न जिल्ला प्रहरी परिसरले काठमाडौंले सर्वसाधारणसँग अनुरोध गरेको हो।

प्रकाशित: २० कार्तिक २०८२, बिहीबार