पर्प्लेक्सिटी र गेट्टी इमेजेजबीच बहुवर्षीय लाइसेन्स सम्झौता

Technology Khabar १७ कार्तिक २०८२, सोमबार

पर्प्लेक्सिटी र गेट्टी इमेजेजबीच बहुवर्षीय लाइसेन्स सम्झौता
Global IME Bank

काठमाडौं ।

एआई खोज तथा डिस्कभरी प्लेटफर्म पर्प्लेक्सिटीले अब गेट्टी इमेजेजका तस्बिरहरू आफ्नो उपकरणहरूमा प्रदर्शन गर्नेछ। शुक्रबार गेट्टीका शेयरहरू ५ प्रतिशतले बढेको छ।

यो सम्झौता एआई स्टार्टअप र डिजिटल प्लेटफर्मबीचको नयाँ लाइसेन्सिङ सहकार्यको पछिल्लो उदाहरण हो, जसले नयाँ आम्दानी स्रोत सिर्जना गर्ने र बौद्धिक सम्पत्ति संरक्षण गर्ने अवसर प्रदान गर्छ।

गेट्टी ले पर्प्लेक्सिटीलाई एपीआई एकीकरणमार्फत भिजुअल सामग्री उपलब्ध गराउनेछ, जसले एआई प्लेटफर्मलाई ठूलो तस्बिर पुस्तकालयबाट सिधै लाइसेन्स प्राप्त तस्बिरहरू खिच्ने सुविधा दिनेछ। प्रयोगकर्ताले सही श्रेय र स्रोत लिंकसहित प्रिमियम सामग्री प्रयोग गर्न सक्नेछन्।

रोयटर्सका अनुसार एआई कम्पनीहरूले कपीराइट गरिएको सामग्रीको प्रयोग बढाएसँगै ध्यानाकर्षण र मुद्धाहरू पनि बढेका छन्। गेट्टी ले पहिले स्टेबिलिटी एआई लाई तस्बिर स्क्र्यापिङको आरोपमा मुद्दा दायर गरिसकेको छ।

पर्प्लेक्सिटीपनि जापानका प्रमुख प्रकाशकहरू निक्केई र अशाही शिम्बुनसहितको कपीराइट मुद्दामा परिसकेको छ। त्यसपछि यसले राजस्व साझेदारी मोडेल सुरु गरेको छ र टाइम, डर स्पिइगलजस्ता मिडियासँग साझेदारी गरेको छ।

स्ट्यानफोर्ड प्रोग्राम इन ल फोर साइन्स एन्ड टेक्नोलोजीका निर्देशक मार्क लेम्ली का अनुसार, “एआई कम्पनीहरूले ठूलो सामग्री संग्रह भएका संस्थाहरू, जस्तै गेट्टी, लाई तिर्नेछ। तर यो लाइसेन्स मोडेल इन्टरनेटका सबै सामग्रीमा काम गर्ने छैन, किनकि प्रशिक्षणका लागि धेरै स्रोत आवश्यक पर्छ।”

सम्झौताले एआई-सञ्चालित सिर्जनशीलता समर्थन गर्ने गेट्टीको प्रयासलाई पनि प्रतिबिम्बित गर्छ, जसले प्रयोगकर्तालाई लाइसेन्स प्राप्त सामग्री प्रयोग गरी सुरक्षित तरिकाले भिजुअल सिर्जना गर्न अनुमति दिन्छ।

प्रकाशित: १७ कार्तिक २०८२, सोमबार

Sajilo Visa
तपाइको प्रतिक्रिया