पोर्शमा भोल्युम बटन ‘सधैं’ नै कायम रहने

Technology Khabar २८ आश्विन २०८२, मंगलवार

काठमाडौं ।

केही कार निर्माताहरूले आन्तरिक डिजाइनमा परम्परागत बटन र नबहरूलाई टच–सेन्सिटिभ कन्ट्रोल्स र ठूला टचस्क्रिनहरूले प्रतिस्थापन गर्दै ओभरबोर्ड समावेश गरेका छन्।

पोर्शले पनि इलेक्ट्रिक टायकनको लन्चसँगै यो प्रवृत्तिलाई पछ्याएको र धेरै फिजिकल कन्ट्रोलहरु हटाएको उल्लेख गरिएको छ।
तर कम्पनीले अब यस तवरलाई पुनः परिभाषित गरिरहेको जस्तो देखिएको रिपोर्ट गरिएको छ।

केयेन इलेक्ट्रोनिक्स प्रबन्धक डर्क एसफाल्गले ग्राहकहरू अझै पनि आफ्नो सवारी साधनमा भौतिक बटनहरू चाहने गरेको बताएका छन्।

१४.३–इन्च सेन्ट्रल ओएलईडी डिस्प्लेको साथ टेक–प्याक गरिएको इन्टेरियर (भित्री भाग) भएको नयाँ केयेन ईभीले पनि धेरैजसो मुख्य कार्यहरूको लागि फिजिकल कन्ट्रोलहरु नै समावेश गरेको छ।

एसफाल्गका अनुसार, पोर्श मोडेलहरूमा भोल्युम नब जस्तो “सधैं” निश्चित बटनहरू हुने गरेका छन् र केयेन इलेक्ट्रिकले फ्यानको स्पिड (गति) र तापक्रम जस्ता चीजहरूको लागि टच कन्ट्रोल्स राखेको उल्लेख गरिएको छ।

यस बाहेक धेरैजसो अन्य सुविधाहरू अझै पनि ठूलो टचस्क्रिन मार्फत व्यवस्थित गर्न सकिने जनाइएको छ।

“यी बटनहरू कारमा अझै पनि रहोस् भन्ने हाम्रा ग्राहकहरूको इच्छा सधैं रहेको थाहा हुन आएको छ” भनि उनले बताएको टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: २८ आश्विन २०८२, मंगलवार

तपाइको प्रतिक्रिया