इनड्राइभको “ब्रान्ड एम्बेसडर”मा स्वस्तिमा खड्का नियुक्त, “इनड्राइभसँग यात्रा तपाईकै रोजाइमा” नामक क्याम्पेन सुरु

Technology Khabar २६ आश्विन २०८२, आईतवार

काठमाडौं ।

विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले नेपालका लागि ब्रान्ड एम्बासडरको रूपमा चर्चित अभिनेत्री स्वस्तिमा खड्कालाई नियुक्त गरेको छ। सो घोषणासँगै कम्पनीले आफ्नो नयाँ ३६० डिग्री क्याम्पेन “इनड्राइभसँग यात्रा तपाईंकै रोजाइमा” पनि सार्वजनिक गरेको छ।

कम्पनीकाअनुसार, यो क्याम्पेनले इनड्राइभको पियर-टू-पियर (P2P) मोडेललाई केन्द्रीय अवधारणा बनाएको छ, जसअन्तर्गत प्रयोगकर्ताहरूले आफ्नै भाडा प्रस्ताव गर्न सक्ने र चालकसँग प्रत्यक्ष रूपमा मोल मोलाई गर्न सक्ने सुविधा प्राप्त गर्दछन्। यस सिस्टमले बराबरी, सम्मान र सहमतिको वातावरण सृजना गर्दै प्रत्येक यात्राको केन्द्रमा “स्वतन्त्रताको अधिकार” स्थापित गर्छ।

क्याम्पेनको मूल उद्देश्य “रोजाइको स्वतन्त्रता” हो जसले प्रयोगकर्तालाई आफ्नो चालक रोज्ने, यात्राको भाडा आफैं निर्धारण गर्ने र एपमार्फत प्रत्यक्ष मोल मोलाई गर्ने स्वतन्त्रता दिने उल्लेख छ।

स्वस्तिमा खड्का यस क्याम्पेनको ब्रान्ड एम्बेस्डर बनेसँगै इनड्राइभले नेपाली दर्शक, विशेषगरी स्वतन्त्रता, मौलिकता र सशक्तीकरण चाहने युवावर्गसँग आफ्नो सम्बन्ध अझ गाढा बनाउने लक्ष्य राखेको छ।

इनड्राइभका एशिया-प्यासिफिक रिजनल डाइरेक्टर मार्क टल्लीले भने, “हाम्रो ३६० डिग्री क्याम्पेन “इनड्राइभसँग यात्रा तपाईंकै रोजाइमा” ले इनड्राइभका प्रमुख मूल्यहरू स्वतन्त्रता, समानता, र समुदायलाई मूर्त रूप दिएको छ। नेपालमा हाम्रो ब्रान्डको प्रतिनिधित्व गर्न स्वस्तिमा खड्का जस्तो प्रभावशाली व्यक्तित्व पाउनु गर्वको विषय हो। उनको आत्मिकता, सत्यनिष्ठा र मूल्यहरू इनड्राइभको दर्शनसँग पूर्ण रूपमा मेल खान्छन्।”

इनड्राइभ नेपालकी कन्ट्री रेप्रेजेन्टेटिभ रीता पोखरेलले भनिन्,“यो क्याम्पेन र स्वस्तिमा खड्काको सहकार्यले निष्पक्ष गतिशीलता र पारदर्शिताप्रतिको हाम्रो प्रतिबद्धता झल्काउँछ। नेपालका प्रत्येक यात्रु र चालकहरुले उनीहरूको रोजाइ साँच्चिकै महत्त्वपूर्ण छ भनेर महसुस गरून् भन्ने हामी चाहन्छौँ।”

त्यस्तै ब्रान्ड एम्बेस्डर स्वस्तिमा खड्काले आफ्नो उत्साह व्यक्त गर्दै भनिन्,“इनड्राइभ नेपालको क्याम्पेनमा ब्रान्ड एम्बासडरको रूपमा जोडिन पाउँदा म अत्यन्त उत्साहित छु। इनड्राइभ निष्पक्षता र स्वतन्त्रताको पक्षमा उभिएको प्लेटफर्म हो। यात्रु र चालकले एकअर्कासँग मिलेर उचित मूल्य निर्धारण गर्न सक्ने सिस्टम मलाई अत्यन्तै मनपर्छ। यो परस्पर सम्मान, पारदर्शिता र सशक्तीकरणको कुरा हो, जुन म आफैं पनि अत्यन्तै विश्वास गर्छु।”

३६० डिग्री क्याम्पेन डिजिटल, आउटडोर र अन ग्राउण्ड एक्टिभेशनहरू मार्फत देशभर लागू गरिनेछ, जसले एकीकृत संचार अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।

प्रकाशित: २६ आश्विन २०८२, आईतवार

तपाइको प्रतिक्रिया