Technology Khabar २६ आश्विन २०८२, आईतवार
काठमाडौं ।
शाओमीले सेप्टेम्बर २९ देखि अक्टोबर ५ सम्म चीनको राष्ट्रिय दिवस स्वर्ण हप्ताको समयमा एप्पललाई उछिनेर चीनमा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन ब्राण्ड बन्न सफल भएको छ। कम्पनीले २१.२ प्रतिशत बजार हिस्सा लिन सफल भएको छ।
उक्त छुट्टीको अवधिमा शाओमी, एप्पल, भिभो, ओप्पो र ह्वावे शीर्ष पाँच स्मार्टफोन ब्रान्डहरू बन्न सफल भएको स्थानीय बिक्री तथ्याङ्कले बताएको छ। एप्पल १६.३० प्रतिशत हिस्साका साथ दोस्रो स्थानमा आएको र भिभोले १५.९० प्रतिशत कब्जा गरेको उल्लेख गरिएको छ।
हालै शाओमीका अध्यक्ष लु वेइबिङले शाओमी १७ सिरिजको संचयी बिक्री लन्च भएको केही दिनमै १० लाख एकाइ नाघेको जानकारी दिएका छन्। यो सोही समयसीमामा अघिल्लो पुस्ताको तुलनामा २० प्रतिशत बढी भएको रिपोर्ट गरिएको छ।
यो सफलताको धेरैजसो श्रेय प्रो मोडेलहरूलाई जाने बताइएको छ। प्रसिद्ध उद्योग ब्लगर डिजिटल च्याट स्टेशनले शाओमी १७ प्रो म्याक्स र १७ प्रोको संयुक्त बिक्री पहिले नै ८००,००० एकाइहरू नाघेको रिपोर्ट गरेको छ।
यसैबीच, स्ट्याण्डर्ड शाओमी १७ ले भने आफ्नो उच्च–स्तरीय माडेछहरूको लोकप्रियतासँग मेल नखाएको उल्लेख गरिएको छ। शाओमी १७ को बिक्री लगभग १९४,००० युनिट पुगेको रिपोर्ट गरिएको छ।
डिभाइसमा रहेको ब्याक स्क्रिनले प्रो मोडेलहरूको बिक्री बढाउने एउटा उल्लेखनीय विशेषता बनेको बताइएको छ। लु वेइबिङले शाओमीले यो डुअल–स्क्रिन सेटअपमा ठूलो लगानी गरेको उल्लेख गरे र उनले विकासको लागत मात्र लगभग १ अर्ब युआन रहेको खुलासा गरे। साथै उनले प्रतिस्पर्धीहरूले यो विचार दोहोर्याउने प्रयास गर्न सक्छन् र थोरैले मात्र यति धेरै खर्च गर्न इच्छुक हुनेछन् भन्ने पनि संकेत गरेको बताइएको छ।
चीनमा डिभाइसहरूले बलियो सफलताको आनन्द लिइरहेका बेला, तिनीहरू अर्को वर्षसम्म विश्वव्यापी बजारमा आफ्नो बाटो बनाउने कुनै संकेत नदेखिएको उल्लेख गरिएको छ। त्यसैले शाओमी १७ प्रो चीनमा मात्र विशेष रहने अपेक्षा गरिएको गीज्मोचाइनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २६ आश्विन २०८२, आईतवार