सामसङ नेपालले ल्यायो “तिहारको मुड, सबैगुड!” अफर, क्यासब्याकसँगै लक्की ड्र मार्फत साप्ताहिक र बम्पर उपहार

  • Technology Khabar | २६ आश्विन २०८२, आईतवार
सामसङ नेपालले ल्यायो “तिहारको मुड, सबैगुड!” अफर, क्यासब्याकसँगै लक्की ड्र मार्फत साप्ताहिक र बम्पर उपहार

काठमाडौं ।

सामसङ नेपालले आफ्नो बहुप्रतिक्षित तिहार क्याम्पेन “तिहारको मूड, सबै गुड!” घोषणा गरेको छ। यो अफरले नेपालभरका ग्राहकहरूलाई अद्भुत छुट र रोमाञ्चक लक्कीड्र मार्फत साप्ताहिक तथा बम्पर पुरस्कार जित्ने अवसर प्रदान गर्दै तिहारलाई अझ विशेष बनाउने बताएको छ।

यो अफर असोज २६ देखि कार्तिक ३० गतेसम्म देशभरका अधिकृत सामसङ विक्रेताहरुमा लागू हुनेछ।

यस अवधिमा ग्राहकहरूले सामसङका टिभी, फ्रिज र वाशिङ मेसिन मा आकर्षक छुटका साथ नयाँ भर्सनका उत्पादनहरू किन्न सक्नेछन्, जसले प्रकाशको यो पर्वलाई झनै उज्यालो बनाउने जानकारी दिएको छ।

अफर विवरणहरू:

कोटि (Category)क्यासब्याक (Cashback)एक्सचेन्ज बोनस (Exchange Bonus)
टिभी (TV)३५% सम्मरू. ५,००० सम्म
फ्रिज (Refrigerator)१९% सम्मरू. ६,००० सम्म
वाशिङ मेसिन (Washing Machine)२४% सम्मरू. ७,००० सम्म

साथै, सामसङले आफ्ना ग्राहकहरूका लागि आकर्षक साप्ताहिक र बम्पर पुरस्कारहरू पनि उपलब्ध गराएको छ।

खरिद गरिएको उत्पादनसाप्ताहिक पुरस्कारबम्पर पुरस्कार
टिभीसाउन्डबार३५ लिटर बिस्पोक एआई फ्रिज
फ्रिज२३ लिटर माइक्रोवेभ ओभन९ केजी फ्रन्ट लोड वाशिङ मेसिन
वाशिङ मेसिन२३ लिटर माइक्रोवेभ ओभन६५” UHD टिभी

कम्पनीकाअनुसार लक्कीड्रमा सहभागी हुन ग्राहकहरूले सामसङको टिभी, फ्रिज वा वाशिङ मेसिन खरिद गरेपछि उत्पादनको सिरियल नम्बर एसएमएस मार्फत “Samsung [Serial Number]” लेखी ३५००१ मा पठाएर भाग लिन सक्नेछन्।

त्यसैगरी, सामसङले इन्स्टाफाइनान्स सेवामार्फत ग्राहकहरूलाई शुन्य प्रतिशत ब्याजदरमा सजिलो ईएमआई विकल्प उपलब्ध गराएको जनाएको छ।

प्रकाशित: २६ आश्विन २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार