सीटीईभीटीले खुलायो १ हजार ४५५ सीटमा प्रि-डिप्लोमा तहको अप्रेन्टिसिप नि:शुल्क तालिममा भर्ना, यसरी दिनुहोस् आवेदन

  • Technology Khabar | २४ आश्विन २०८२, शुक्रबार
सीटीईभीटीले खुलायो १ हजार ४५५ सीटमा प्रि-डिप्लोमा तहको अप्रेन्टिसिप नि:शुल्क तालिममा भर्ना, यसरी दिनुहोस् आवेदन

काठमाडौं ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, तालीम विकास महाशाखाको समन्वयमा शैक्षिक सत्र २०८२/०८३ मा सञ्चालन गरिने प्रि-डिप्लोमा तहको २४ महिना अवधिको औद्योगिक प्रशिक्षार्थी तालीम (अप्रेन्टिसशिप) कार्यक्रममा विभिन्न शैक्षिक कार्यक्रमका लागि १ हजार ४५५ कोटामा भर्ना खुलेको छ।

परिषदले आज एक सूचना प्रकाशित गरी यस्तो जानकारी दिएको हो। सूचनामा भनिएको छ, ‘देहाय बमोजिमका शैक्षिक कार्यक्रम तथा कोटाहरूमा निम्न सर्तहरूको अधीनमा रही भर्नाका लागि परिषद् कार्यालयबाट औद्योगिक प्रशिक्षार्थी तालीम (अप्रेन्टिसशिप) कार्यक्रम सञ्चालन अनुमति प्राप्त आङ्गिक, साझेदार तथा टीईसीएस सामुदायिक विद्यालयहरूमा प्रशिक्षार्थी छनोट गरी भर्ना गर्नका लागि तपसिल बमोजिम योग्यता पुगेका नेपाली नागरिकहरूबाट आवेदन फाराम भर्न भराउनु हुन सम्बन्धित शिक्षालय एवं सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।‘

भर्नका लागि आवश्यक योग्यताः

क. एस.ई.ई. वा सो सरहको परीक्षा उत्तीर्ण गरेको वा सो परीक्षाका सम्पूर्ण विषयको परीक्षामा सहभागी भएको हुनुपर्नेछ।
ख. तालीम लिन इच्छुक व्यक्ति सम्बन्धित तालीम / प्रशिक्षणका लागि मानसिक र शारीरिक रूपमा सक्षम हुनुपर्नेछ ।
ग. कम्तीमा १६ वर्ष पूरा भएको नेपाली नागरिक हुनुपर्नेछ ।
घ. दलित, जनजाति, अपाङ्ग, मुस्लिम, मधेशी, दुर्गम क्षेत्र तथा विपन्नको हकमा सम्बन्धित स्थानीय निकायको सिफारिस पत्र हुनुपर्नेछ।

परीक्षार्थी छनोटको आधारः

योग्य र इच्छुक आवेदकहरू मध्येबाट समग्र मूल्याङ्कन १०० पूर्णाङ्कमध्ये (आवेदन फाराम मूल्याङ्कन – ३०, उद्योग/व्यवसायको सिफारिस पत्र ३० र अन्तर्वार्ता -४०) प्राप्ताङ्कको योगफल तथा कार्यक्रम र कोटाका आधारमा योग्यता क्रमानुसार छनोट हुनेछ । साथै यस सम्बन्धी विस्तृत विवरण “प्रि- डिप्लोमा तह औद्योगिक प्रशिक्षार्थी तालीम (अप्रेन्टिसिप) – प्रशिक्षार्थी छनोट, भर्ना र मूल्याङ्कन निर्देशिका, २०८२” मा उल्लेख गरिएको छ। सो निर्देशिकामा व्यवस्था भए बमोजिम प्रशिक्षार्थी छनोट, भर्ना र मूल्याङ्कन गर्नु गराउनुहुन अनुरोध छ। उक्त निर्देशिका https://www.ctevtexam.org. np वा https://www.enssure.org.np वेबसाइटबाट डाउनलोड गर्न सकिने परिषदले जनाएको छ।

औद्योगिक प्रशिक्षार्थीले के के सुविधा पाउँछन्?

(क) निःशुल्क अध्ययनको अवसर।
(ख) यातायात खर्च बापत प्रति प्रशिक्षार्थी प्रति हाजिरी दिन रु. १००।- दरले उपलब्ध हुने।

प्रदेशशिक्षण संस्था सङ्ख्याकोटा
बागमती१४३००
गण्डकी१२०
लुम्बिनी१९२४०
मधेश१००
कर्णाली१००
सुदूर पश्चिम१५०
कोशी२२०
नेपाल सरकारतर्फको२२५

 

आवेदन फाराम साथ पेस गर्नुपर्ने आवश्यक कागजातहरूः

आवेदन फाराम भर्दा उम्मेदवारले तल उल्लेख भए बमोजिमका कागजातहरूको प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिपि संलग्न राखी सम्बन्धित शिक्षण संस्थामा पेश गर्नुपर्नेछ।

आवेदकले भरेका आवेदन फारामहरू आईटीएमएस अनलाइनमा तोकिए बमोजिमको समय सीमाभित्र भरी सबमिट गर्ने/गराउने जिम्मेवारी सम्बन्धित शिक्षालयको हुनेछ। तोकिएको न्यूनतम योग्यता नपुगेको आवेदन फाराम स्वतः रद्द हुनेछ।

  • स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइज (३५ एमएमx४५ एमएम) को २ प्रति फोटो।
  • एस.ई.ई. वा सो सरहको परीक्षा उत्तीर्ण गरेको वा सो परीक्षाका सम्पूर्ण विषयको परीक्षामा सहभागी भएको लब्धाङ्क पत्र/प्रमाणपत्रको प्रमाणित प्रतिलिपि। ग) नेपाली नागरिकता वा जन्मदर्ताको प्रमाणित प्रतिलिपि।

छनोट प्रक्रिया सम्बन्धी कार्यक्रम

  • आवेदन फाराम खुल्ने मिति: २०८२ असोज २६ गतेदेखि।
  • आवेदन फाराम बुझाउने अन्तिम मितिः २०८२ कात्तिक २८ गतेसम्म।
  • आवेदन फाराम पाइने र बुझाउने स्थानः सम्बन्धित शिक्षालयहरू (प.नि.का. को वेबसाइट https:/www.ctevtexam.org.np वा https:/ www.enssure.org.np बाट समेत डाउनलोड गर्न सकिनेछ)
  1. अन्तर्वार्ता हुने मिति र समय: २०८२ मंसिर १ गते सोमबार, बिहान ९:०० बजेदेखि
  2. अन्तर्वार्ता सञ्चालन हुने केन्द्रहरूः सम्बन्धित शिक्षण संस्था

लिखित तथा अन्तर्वार्तामा जुन कार्यक्रमका लागि सम्मिलित भएको हो त्यही कार्यक्रममा मात्र योग्यता क्रमानुसार भर्ना हुन सक्नेछ। तर एक कार्यक्रमको उत्तीर्ण सूचीमा रहेको उम्मेदवार अन्य कार्यक्रममा भर्ना हुन पाउनेछैन।

सिट रिक्त हुन गएमा उत्तीर्ण सूचीमा रहेका उम्मेदवारहरूबाट योग्यता क्रमानुसार भर्ना गर्नुपर्नेछ। यसरी पनि सिट पूरा नभएमा सम्बन्धित शिक्षण संस्थाले नै पुनः सूचना प्रकाशन गरी भर्ना प्रक्रिया गरी मिति २०८२ मङ्सिर २५ गते सम्ममा भर्ना गरिसक्नुपर्नेछ। प.नि.का. को नियमानुसार भर्ना भएका प्रशिक्षार्थीको २०८२ मङ्सिर मसान्त सम्ममा रजिस्ट्रेसन समेत सम्पन्न गराउनुपर्नेछ।

शुल्क लिन नपाइने

परीक्षार्थीहरूबाट शिक्षण संस्थाले कुनै पनि शुल्क लिन पाउनेछैन। तर सम्बन्धित शिक्षण संस्थाले प्रति परीक्षार्थी रु. ५००।- का दरले र सूचना प्रकाशन शुल्क बापत रु. ५,०००।- त्यसपछि प्रति थप कार्यक्रमका लागि रु.३,०००।- का दरले एकमुष्ट रकम सम्बन्धित परिषद्, प्रदेश कार्यालयको बैंक खातामा जम्मा गर्नुपर्नेछ। र उक्त रकम पछि ईएनएसएसयूआरई परियोजनाबाट सोधभर्ना माग गर्नुपर्नेछ।

प्रकाशित: २४ आश्विन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार