Technology Khabar १८ आश्विन २०८२, शनिबार
काठमाडौं ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले इनड्राइभ, पठाओ तथा याङ्गो लगायतका राइड शेयरिङ सेवा प्रदायकले साविकको भन्दा चर्को मूल्य लिएमा उजुरी गर्न सकिने भएको छ।
कार्यालयले आज एक सूचना प्रकाशित गरी हाल मनसुनजन्य विपद्को अवस्थामा राइड शेयरिङ गर्ने सवारी साधनहरुले सेवा प्रदान गर्ने क्रममा यात्रुहरुलाई साविकको भन्दा अत्यन्त चर्को मूल्य लिएको गुनासो आएको भन्दै यसरी कोही कसैलाई ठगी नगर्न/नगराउनु अनुरोध समेत गरेको छ।
यदि कसैले यस्तो किसिमको ठगी गरेको भए आवश्यक प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न अनुरोध गर्दै सूचना अधिकारी तथा प्रवक्ता मुक्तिराम रिजालको सम्पर्क नम्बर समेत उपलब्ध गराएको छ।
सूचनामा भनिएको छ, ‘हाल मनसुनजन्य विपद्को अवस्थामा इनड्राइभ, पठाओ तथा याङ्गो लगायतका राइड शेयरिङ गर्ने सवारी साधनहरुले सेवा प्रदान गर्ने क्रममा यात्रुहरुलाई साविकको भन्दा अत्यन्त चर्को मूल्य लिएको भनी गुनासो प्राप्त हुन आएको छ। अतः यसरी कोही कसैलाई ठगी नगर्नु नगराउनुहुन अनुरोध छ। यदि कसैले यस्तो किसिमको ठगी गरेको भए आवश्यक प्रमाण सहित यस जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी, प्रवक्ता मुक्तिराम रिजालको सम्पर्क नम्बर ९८५१३३८३२२ मा सम्पर्क गर्नुहुन सम्बन्धित सबैलाई आह्वान गरिएको छ। यसरी ठगी गर्ने व्यक्तिहरुलाई प्रचलित कानून बमोजिम कडा कारवाही गरिने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइएको छ।’
प्रशासकीय अधिकृत सुजन कुमारी बर्देवाका अनुसार यसरी ठगी गर्ने व्यक्तिहरुलाई प्रचलित कानून बमोजिम कडा कारबाही गरिनेछ।
प्रकाशित: १८ आश्विन २०८२, शनिबार