युनिभर्सल म्युजिक र वार्नर म्युजिक एआई लाइसेन्सको सम्झौता नजिक

  • Technology Khabar | १७ आश्विन २०८२, शुक्रबार
युनिभर्सल म्युजिक र वार्नर म्युजिक एआई लाइसेन्सको सम्झौता नजिक

काठमाडौं ।

युनिभर्सल म्युजिक (यूएमजी) र वार्नर म्युजिक (डब्लूएमजी) कृत्रिम बुद्धिमत्ता लाइसेन्सिङ सम्झौताका नजिक पुगेको फाइनान्सियल टाइम्सले बिहीबार जनाएको छ। समाचार अनुसार दुवै कम्पनीले केही साताभित्रै एआई कम्पनीसँग सम्झौता गर्न सक्नेछन्।

वार्तामा इलेभनल्याब्स, स्टेबिलिटी एआई,सुनो, यूडियो र क्ले भिजनजस्ता स्टार्टअप सामेल भएको र यी संगीत कम्पनीहरूले गुगल र स्पोटिफाईजस्ता ठूला प्रविधि समूहसँग पनि छलफल गरिरहेको रिपोर्टमा उल्लेख छ। रोयटर्सले भने यसबारे तत्काल पुष्टि गर्न सकेन। युनिभर्सल, वार्नर, गुगल र स्पोटिफाईले रोयटर्सको टिप्पणी अनुरोधमा प्रतिक्रिया दिएका छैनन्।

सृजनात्मक उद्योगमा जेनेरेटिभ एआईको बढ्दो प्रयोगसँगै कलाकार, लेखक र अधिकारधारीहरूले एआई कम्पनीले बिना अनुमति वा क्षतिपूर्ति आफ्ना सामग्री प्रयोग गरेर मोडल तालिम दिएको भन्दै मुद्दा दायर गरेका छन्।

सम्झौता वार्ताको केन्द्रबिन्दु गीतहरूलाई एआई–निर्मित ट्र्याक बनाउन र ठूलो भाषा मोडललाई तालिम दिन कसरी लाइसेन्स गर्ने भन्ने विषय रहेको बताइएको छ। संगीत कम्पनीहरूले स्ट्रीमिङ सेवामा लागू हुने संरचनाजस्तै भुक्तानी मोडेल खोजिरहेका छन्, जसअन्तर्गत कुनै गीत प्ले हुँदा सानो भुक्तानी (माइक्रोपेमेन्ट) हुने प्रणाली रहने बताइएको छ।

प्रकाशित: १७ आश्विन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘OTT Platform’ now comes under legal radar; Registration and permission mandatory

  • Technology Khabar
  • १७ आश्विन २०८२, शुक्रबार