भदौमा भित्रियो साढे २ करोडबढीको स्मार्टवाच, अघिल्लो महिनाको तुलनामा ४० प्रतिशतले बढी

Technology Khabar १० आश्विन २०८२, शुक्रबार

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिना भदौ मसान्तसम्म साढे २ करोडभन्दा बढीको स्मार्टवाच आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को भदौ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कमा यस्तो उल्लेख छ।

यो अवधिमा २ करोड ६७ लाख ५० हजार बराबरको ७ हजार ७८९ थान स्मार्टवाच आयात भएको छ।

अघिल्लो महिना साउन मसान्तसम्म स्मार्टवाचका लागि १ करोड ९० लाख ६७ हजार रुपैयाँ हाराहारी बाहिरिएकोमा एक महिनामा त्यसको ४० प्रतिशत बढी रकम बाहिरिएको हो।

भदौमा समग्रमा साउनको तुलनामा ७७ लाख बढीको स्मार्ट वाच भित्रिएको छ। स्मार्टवाटका लागि २ करोड ६७ लाखभन्दा बढी रकम  देशबाहिर जाँदा सरकारले ८१ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा महिनामा नेपालमा विश्वका १५ मुलुकबाट गरी ७ हजार ७८९ थान स्मार्टवाच आयात भएको देखिन्छ।

उक्त अवधिसम्मको आयात विवरणअनुसार सबैभन्दा धेरै भियतनामबाट १ करोड २९ लाख ३२ हजार बराबरको ३१९ थान स्मार्टवाच भित्रिएको छ।

यसैगरी ५ हजार ८ सय १९ थान स्मार्टवाच चीनबाट आयात भएको छ जसको समग्र मूल्य ९३ लाख १ हजार रुपैयाँ रहेको छ भने भारतबाट ४२ लाख १९ हजार बराबरको १ हजार ५७४ थान स्मार्टवाच आएको देखिन्छ।

यस्तो छ विवरण

क्रसंदेशविवरणरकम (हजारमा)
अस्ट्रेलिया२३
क्यानडा
चीन५८१९९३०१
भारत१५७४४२१९
इजराल
कुवेत
ओमन
फिलिपिन्स५१
कतार
१०साउदी अरेबिया११
११थाइल्याण्ड५७
१२यूएई२८६३
१३बेलायत११८३
१४संरा अमेरिका
१५भियतनाम३१९१२९३२

 

प्रकाशित: १० आश्विन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया