भदौमा भित्रियो साढे २ करोडबढीको स्मार्टवाच, अघिल्लो महिनाको तुलनामा ४० प्रतिशतले बढी

  • Technology Khabar | १० आश्विन २०८२, शुक्रबार
भदौमा भित्रियो साढे २ करोडबढीको स्मार्टवाच, अघिल्लो महिनाको तुलनामा ४० प्रतिशतले बढी

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिना भदौ मसान्तसम्म साढे २ करोडभन्दा बढीको स्मार्टवाच आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को भदौ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कमा यस्तो उल्लेख छ।

यो अवधिमा २ करोड ६७ लाख ५० हजार बराबरको ७ हजार ७८९ थान स्मार्टवाच आयात भएको छ।

अघिल्लो महिना साउन मसान्तसम्म स्मार्टवाचका लागि १ करोड ९० लाख ६७ हजार रुपैयाँ हाराहारी बाहिरिएकोमा एक महिनामा त्यसको ४० प्रतिशत बढी रकम बाहिरिएको हो।

भदौमा समग्रमा साउनको तुलनामा ७७ लाख बढीको स्मार्ट वाच भित्रिएको छ। स्मार्टवाटका लागि २ करोड ६७ लाखभन्दा बढी रकम  देशबाहिर जाँदा सरकारले ८१ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा महिनामा नेपालमा विश्वका १५ मुलुकबाट गरी ७ हजार ७८९ थान स्मार्टवाच आयात भएको देखिन्छ।

उक्त अवधिसम्मको आयात विवरणअनुसार सबैभन्दा धेरै भियतनामबाट १ करोड २९ लाख ३२ हजार बराबरको ३१९ थान स्मार्टवाच भित्रिएको छ।

यसैगरी ५ हजार ८ सय १९ थान स्मार्टवाच चीनबाट आयात भएको छ जसको समग्र मूल्य ९३ लाख १ हजार रुपैयाँ रहेको छ भने भारतबाट ४२ लाख १९ हजार बराबरको १ हजार ५७४ थान स्मार्टवाच आएको देखिन्छ।

यस्तो छ विवरण

क्रसं देश विवरण रकम (हजारमा)
अस्ट्रेलिया २३
क्यानडा
चीन ५८१९ ९३०१
भारत १५७४ ४२१९
इजराल
कुवेत
ओमन
फिलिपिन्स ५१
कतार
१० साउदी अरेबिया ११
११ थाइल्याण्ड ५७
१२ यूएई २८ ६३
१३ बेलायत ११ ८३
१४ संरा अमेरिका
१५ भियतनाम ३१९ १२९३२

 

प्रकाशित: १० आश्विन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार