शाओमीले ल्यायो नयाँ योजना; मोबाइल खरिद गर्ने ग्राहकले ५० लाखसम्मको उपहार पाउन सक्ने

Technology Khabar १० आश्विन २०८२, शुक्रबार

काठमाडौं ।

विश्वव्यापी प्रविधि अग्रणी कम्पनी शाओमीले नेपालको उपभोक्तालाई लक्षित गर्दै निकै आकर्षक दसैँ योजना घोषणा गरेको छ। यस योजनामार्फत ग्राहकले ५० लाख रुपैयाँसम्मको आकर्षक उपहार जित्ने अवसर पाउनेछन्।

सेप्टेम्बर २१ (असोज ५) देखि सुरु भएको यो अभियान अन्तर्गत दैनिक र साप्ताहिक ‘लक्की ड्र’ मार्फत प्रिमियम शाओमी उत्पादनहरू उपहारस्वरूप पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

यस अवसरमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले  भने, “दसैँ नेपाली परिवारका लागि खुसी, एकता र नयाँ सुरुवातको पर्व हो। यो ‘ग्राण्ड दसैँ स्किम’ मार्फत हामी हाम्रो उपभोक्ताको खुसीलाई अझ स्मरणीय बनाउन चाहन्छौँ, जहाँ उनीहरूले उपहार जित्ने रोमाञ्चक अवसरसँगै परिवारसँगको क्षणलाई दीर्घकालीन सम्झनामा परिणत गर्न सकून्।”

ग्राहकहरूले कुनै पनि शाओमी मोबाइल खरिद गर्दा तलका तीन श्रेणीका उपहार जित्ने अवसर पाउनेछन् :

साप्ताहिक बम्पर लक्की ड्रः शाओमी १५ अल्ट्रा (प्रत्येक सातामा १ विजेता)
साप्ताहिक लक्की ड्रः शाओमी प्याड ७ (प्रत्येक सातामा १ विजेता)
दैनिक लक्की ड्रः रेडमी प्याड २ (प्रत्येक दिन १ विजेता), रेडमी बड्स ५ए

(प्रत्येक दिन ३० विजेता), रेडमी वाच ५ एक्टिभ (प्रत्येक दिन १० विजेता)

यस योजनामा सहभागी हुन ग्राहकहरूले कुनै पनि शाओमी मोबाइल अधिकृत बिक्रेता तथा जुनसुकै मोबाइल बिक्रेताबाट खरिद गर्न सक्नेछन्।

खरिदपश्चात् प्रदान गरिएको युनिक क्युआर कोड स्क्यान गरी आफ्नो डिभाइसको आईएमईआई नम्बर प्रमाणीकरण गर्नुपर्छ। त्यसपछि व्यक्तिगत विवरण भरेर ‘स्पिन द व्हील’ गरेर उपहार जित्ने मौका पाउन सकिनेछ।

कम्पनीका अनुसार यो योजना आगामी कार्तिक ५ (अक्टोबर २१, २०२५) सम्म देशभरका अधिकृत शाओमी बिक्रेता तथा सबै मोबाइल बिक्रेताहरुमार्फत लागू हुनेछ।

 

प्रकाशित: १० आश्विन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया