निर्वाचन, भ्रष्टाचार नियन्त्रण र पुनर्निर्माण सरकारको प्राथमिकतामा- सञ्चारमन्त्री जगदीश खरेल

Technology Khabar ६ आश्विन २०८२, सोमबार

निर्वाचन, भ्रष्टाचार नियन्त्रण र पुनर्निर्माण सरकारको प्राथमिकतामा- सञ्चारमन्त्री जगदीश खरेल
फाइल तस्बिर

काठमाडौं ।

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी ६ महिनामा निर्वाचन, भ्रष्टाचार नियन्त्रण र पुनर्निर्माणको क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताएका छन्।

मन्त्रालयमा पदभार ग्रहण गरेपछि आयोजित स्वागत कार्यक्रममा उनले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्ने वस्तुपरक कार्यहरु गर्नुपर्ने मन्त्री खरेलले बताए।

उनले तोकिएको समय फागुन २१ भित्रै निर्वाचन सम्पन्न गर्नुपर्ने म्यान्डेट पाएको समेत उल्लेख गरे।

“जसरी पनि फागुन २१ मा चुनाव हुनुपर्छ। त्यसलाई सम्भव बनाउनु पर्छ,” मन्त्री खरेलले भने, “भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्ने बस्तुपरक कार्यान्वयन गर्ने हिसाबले देखिने गरी केही फाउन्डेशनहरू हामीले स्थापना गर्नुपर्छ। भ्रष्टाचार नियन्त्रण एकै छिनमा हुँदैन, ५ वर्ष लाग्ला, १० वर्ष लाग्ला, ३ वर्ष लाग्ला, १५ वर्ष लाग्ला। तर जनताले यो सरकार भ्रष्टाचार नियन्त्रणमा निर्मम छ र काम गर्दैछ भन्ने अनुभुति ६ महिनाभित्र बनाउन सकिन्छ।”

यसका साथै उनले कर्मचारीहरूको काममा राजनीतिक हस्तक्षेप नगर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: ६ आश्विन २०८२, सोमबार

तपाइको प्रतिक्रिया