
काठमाडौं ।
डेल टेक्नोलोजीले सोमबार आफ्नी प्रमुख वित्तीय अधिकारी इभोन म्याकगिलले करिब तीन दशकपछि कम्पनी छोड्ने घोषणा गरेको छ। उनको राजीनामा सेप्टेम्बर ९ देखि लागू हुने कम्पनीले जनाएको छ।
२७ वर्षदेखि पीसी निर्माता कम्पनीसँग रहेर काम गरेका डेभिड केनेडीले अन्तरिम भूमिकामा जिम्मेवारी लिनेछन्। उनी हाल ग्लोबल बिजनेस अपरेसन, फाइनान्सका वरिष्ठ उपाध्यक्षका रूपमा कार्यरत छन्।
रोयटर्सका अनुसार म्याकगिलले अक्टोबर ३१ सम्म सल्लाहकारको रूपमा काम गर्ने कम्पनीले जनाएको छ। घोषणापछि कम्पनीको सेयर मूल्य १.८ प्रतिशतले घटेको छ।
“म्याकगिलको राजीनामाको निर्णय कम्पनीका वित्तीय विवरण, आन्तरिक नियन्त्रण, कार्यसम्पादन, नीतिहरू वा अभ्याससँग कुनै मतभेदका कारण भएको होइन,” डेलले जनाएको छ।
कम्पनीले अघिल्लो महिनामा सार्वजनिक गरेको तेस्रो त्रैमासिक र वार्षिक पूर्वानुमानलाई पनि दोहोर्याएको छ।
प्रकाशित: २४ भाद्र २०८२, मंगलवार