सूचीकृत हुन अटेर गर्ने सामाजिक सञ्जाललाई निष्क्रिय बनाउने निर्णय स्थगन गर्न सर्वोच्च बारको माग

Technology Khabar २३ भाद्र २०८२, सोमबार

सूचीकृत हुन अटेर गर्ने सामाजिक सञ्जाललाई निष्क्रिय बनाउने निर्णय स्थगन गर्न सर्वोच्च बारको माग
सांकेतिक तस्बिर। फ्रिपिक डटकमको सहयोगमा।

काठमाडौं ।

सर्वोच्च अदालत बार एसोसिएसनले सूचीकृत हुन अटेर गर्ने सामाजिक सञ्जाललाई निष्क्रिय बनाउनेसम्बन्धी निर्णय तत्काल स्थगन गर्न सरकारसँग माग गरेको छ। सर्वोच्च बारका सचिव रमणकुमार कर्णले एक विज्ञप्ति जारी गरी सामाजिक सञ्जाल आमनागरिकको अभिव्यक्ति र सम्पर्कको माध्यम भएकाले उक्त निर्णय तत्काल स्थगन गर्न माग गरेका हुन्।

यस्तै, प्रदर्शनका क्रममा घाइते भएका सबैको निःशुल्क उपचार गर्न र मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ।

“विकृति, विसङ्गति, अनियमितता र भ्रष्टाचारविरूद्ध ‘जेनजी’ ले आज मुलुकभर प्रारम्भ गरेको विरोध प्रदर्शन तथा आन्दोलनमा भएका अप्रिय घटनाबाट प्रदर्शनकारी घाइते भएका र सार्वभौम नागरिकको मृत्युसमेत हुन गएकातर्फ बारको ध्यानाकर्षण भएको छ”, उनले भने।-रासस

प्रकाशित: २३ भाद्र २०८२, सोमबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार