सामसङ ग्यालेक्सी जेड ट्राइफोल्ड स्मार्टफोन फोल्ड हुने तरिकासहितको सामग्री बाहिरियो

  • Technology Khabar | २४ भाद्र २०८२, मंगलवार
सामसङ ग्यालेक्सी जेड ट्राइफोल्ड स्मार्टफोन फोल्ड हुने तरिकासहितको सामग्री बाहिरियो

काठमाडौं ।

सामसङले यस वर्षको अन्त्य अघि आफ्नो पहिलो ट्राई–फोल्ड स्मार्टफोन अनावरण गर्ने अपेक्षा गरिएको छ। यसै क्रममा यो डिभाइस कसरी फोल्ड हुनेछ भनेर देखाउने दावी गर्दै एउटा नयाँ लीक देखा परेको छ।

सामसङ ग्यालेक्सी जेड ट्राइफोल्ड भने ह्वावेको मेट एक्सटी (पहिलो ट्राई–फोल्ड स्मार्टफोन) वा हालसालै घोषणा गरिएको उत्तराधिकारी मेट एक्सटीएस जस्तै तरिकाले फोल्ड नहुने उल्लेख गरिएको छ।

ह्वावेका ती डिभाइसहरूले फोल्डिङ्ग स्क्रिनको एक भाग खुला छोडे पनि, ग्यालेक्सी जेड ट्राइफोल्ड ले त्यसो नगर्ने रिपोर्ट गरिएको छ।

सामसङको समाधानको बेफाइदा भनेको यसलाई छुट्टै कभर डिस्प्लेको आवश्यकता पर्ने उल्लेख गरिएको छ। तर यसको फाइदा भने अझ ठूलो र स्पष्ट भएको हुनाले फोन फोल्ड गर्दा फोल्डिङ स्क्रिन सुरक्षित हुने बताइएको छ। साथै यदि तपाईंले ह्यान्डसेट खसाल्नुभयो भने इलिमेण्टहरू, तपाईंको खल्ती वा फुटपाथमा प्रत्यक्ष रुपमा एक्सपोजर नहुने बताइएको छ।

गत अगस्टमा ग्यालेक्सी जेड ट्राइफोल्डमा मल्टिटास्किङ कस्तो देखिनेछ भन्ने झलक देखेका थियौं। यो डिभाइस हालै अक्टोबरमा अनावरण हुने र नोभेम्बरमा रिलिज हुने हल्ला चलि रहेको छ।

यस डिभाइसमा ६.५४ इन्चको कभर स्क्रिन र १०.१ इन्चको फोल्डिङ स्क्रिन र २९८ ग्राम तौल हुनुपर्ने अनुमान गरिएको छ। साथै ग्यालेक्सी जेड ट्राइफोल्ड स्न्यापड्रागन ८ एलिट चिपसेटद्वारा संचालित हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २४ भाद्र २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Chynabazar to launch on July 29: A disruption in e-commerce, connecting direct-from-manufacturer to consumer

  • Technology Khabar
  • २४ भाद्र २०८२, मंगलवार