भ्रामक समाचारको पछि नलागी संस्थाको आधिकारिक सूचना र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न नाडाको आग्रह

  • Technology Khabar | १८ भाद्र २०८२, बुधबार
भ्रामक समाचारको पछि नलागी संस्थाको आधिकारिक सूचना र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न नाडाको आग्रह

काठमाडौं ।

हालै विभिन्न सञ्चारमाध्यममा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका  (नाडा) सम्बन्धमा प्रकाशित समाचारहरूले संस्थाबारे अनर्गल भ्रम फैलाउने प्रयास भएकोप्रति संस्थाले आपत्ति जनाएको छ।

आज एक विज्ञप्ति प्रकाशित गरी यी सबै दावीहरू तथ्यविहीन र निराधार रहेको दावी गर्दै संस्थाले सधैं आफ्नो गतिविधि प्रचलित कानुन, विधान र संस्थागत प्रक्रियाअनुसार मात्र अघि बढाउँदै आएको तथ्य प्रस्ट पारेको छ।

‘नाडाको केन्द्रिय कार्यसमितिले २०८२ भाद्र ३ र ८ गतेका वैठकहरूमा दीर्घकालीन संस्थागत सुदृढीकरणका लागि नाडालाई महासंघमा रूपान्तरण गर्ने प्रस्तावबारे अन्तिम निर्णय लिनु पर्ने भएकाले यस सम्बन्धमा विशेष साधारण सभाबाट स्पष्ट म्यान्डेट प्राप्त गर्ने निर्णय गरिसकेको छ,’ विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा नाडाको अध्यक्ष करणकुमार चौधरीले संस्थामाथि उठाइएका सबै भ्रामक दावीहरूको खण्डन गर्दै आफू पदमा बसिरहन कुनै व्यक्तिगत स्वार्थ नराखेको र सबै सरोकारवालाले सहमति जनाएको खण्डमा तुरुन्तै निर्वाचन सहितको वार्षिक साधारण सभा बोलाएर पद हस्तान्तरण गर्न तयार रहेको स्पस्ट पारेका छन्। संस्थाको नेतृत्व सदस्यहरूको मताधिकार र लोकतान्त्रिक प्रक्रियाबाट नै तय हुन्छ भन्नेमा आफू दृढ रहेको उनले उल्लेख गरेका छन्।

‘हामी सबै सदस्य, व्यवसायी र शुभेच्छुकहरूलाई भ्रामक समाचार वा गलत व्याख्याको पछि नलागी संस्थाको आधिकारिक सूचना र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न अनुरोध गर्दछौं। का.जि.प्र कार्यालयको आधिकारिक पत्रमार्फत विशेष साधारण सभा निर्वाध सम्पन्न गर्ने अधिकार पुष्टि भइसकेकोले अब नाडा पूर्ण कानुनी र संस्थागत ढाँचाभित्र रही आगामी विशेष साधारण सभा सम्पन्न गर्नेछ,’ विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १८ भाद्र २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

मेटाको नयाँ ‘एआई मोड’ अब फेसबुकमा पनि

  • Technology Khabar
  • १८ भाद्र २०८२, बुधबार