
काठमाडौं ।
वेमो दुई नयाँ बजारमा प्रवेश गर्ने तयारीमा छ। यो सेवा अब डेन्भर र सियाटलमा विस्तार हुने कम्पनीले घोषणा गरेको छ। सीएनबीसीका अनुसार यसै सातादेखि चालकसहित परीक्षण सुरु गर्दै प्रत्येक स्थानमा करिब दर्जनभर सवारी ल्याइनेछ।
इन्ग्याजेटका अनुसार यसमा कम्पनीका पूर्णतया विद्युतीय ज्यागुअर आईपेस र जीली जीकर स्वचालित सवारीको मिश्रण रहनेछ।
“हामी सुरुवातमा हातैले चलाएर परीक्षण गर्नेछौं र भविष्यमा पूर्ण स्वचालित सेवाका लागि हाम्रो प्रविधि र सञ्चालनलाई प्रमाणित गर्नेछौं,” कम्पनीका एक प्रतिनिधिले सीएनबीसीलाई बताएका छन्।
अल्फाबेट स्वामित्वको वेमोका लागि यो व्यस्त वर्ष बनेको छ। कम्पनीले जनवरीमा २०२५ भित्र आफ्ना स्वचालित सवारी १० नयाँ शहरमा ल्याउने योजना बनाएको जनाएको थियो।
कम्पनीले जुन महिनामा एटलान्टामा सुरु गर्दा उबरसँग साझेदारी गरेको थियो र जुलाईमा किशोर प्रयोगकर्ताका लागि खाता विकल्प पनि ल्याएको थियो। वेमोले गत महिनामात्र न्यूयोर्क सहरमा आफ्ना कार परीक्षण सुरु गर्न अनुमति पाएको थियो।
प्रकाशित: २० भाद्र २०८२, शुक्रबार