स्पेसएक्सद्वारा २४ स्टारलिङ्क स्याटेलाइट पृथ्वीको तल्लो कक्षमा प्रक्षेपण

Technology Khabar १८ भाद्र २०८२, बुधबार

काठमाडौं ।

स्पेसएक्सको अर्को फाल्कन ९ रकेटले फेरि सफलता हासिल गरेको छ। क्यालिफोर्नियास्थित भान्डेनबर्ग स्पेस फोर्स बेसबाट नयाँ पहिलो चरणसहितको फाल्कन ९ रकेट आइतबार राति ११:५१ बजे ईडीटी (स्थानीय समय अनुसार साँझ ८:५१ बजे; सेप्टेम्बर ३ बिहान ०३:५१ जीएमटी) प्रक्षेपण गरिएको हो। यसले २४ वटा स्टारलिङ्क इन्टरनेट उपग्रहलाई पृथ्वीको तल्लो कक्ष (एलईओ) तर्फ बोकेको थियो।

स्पेसएक्सले प्रायः पुनःप्रयोग हुने रकेट प्रयोग गर्ने भएकाले नयाँ बुस्टरको प्रक्षेपण दुर्लभ मानिन्छ। वास्तवमा, कम्पनीको एउटा फाल्कन ९ बुस्टरले गत हप्तामै ३०औँ पटक उडान भरेको थियो जुन आफैंमा कीर्तिमान हो।

आज प्रक्षेपण गरिएको बुस्टरले पनि अर्को पटक उड्ने मौका पाउनेछ। यसले योजनाअनुसार ८.५ मिनेटपछि समुद्रमा रहेको स्पेसएक्सको ड्रोन जहाज जस्ट रिड द इन्स्ट्रक्सन्स मा सुरक्षित अवतरण गर्न सफल भएको हो।

यसैबीच, फाल्कन ९ को माथिल्लो चरणले स्टारलिङ्क उपग्रहहरूलाई कक्षतर्फ लैजाने यात्रा जारी राखेको छ। यी उपग्रहहरू प्रक्षेपण भएको ६२.५ मिनेटपछि प्रक्षेपणयन्त्रबाट छुटाइने कार्यक्रम छ।

यो नयाँ समूह हाल सञ्चालनमा रहेका करिब ८,३०० स्टारलिङ्क उपग्रहहरूसँग मिसिनेछ, जसले विश्वकै सबैभन्दा ठूलो अन्तरिक्ष नेटवर्कलाई थप विस्तार गर्नेछ।

यीमध्ये धेरै स्टारलिङ्क उपग्रह यसै वर्ष प्रक्षेपण गरिएका छन्। आजको प्रक्षेपण सन् २०२५ को फाल्कन ९ को १०९औँ उडान थियो, जसमा ७० प्रतिशतभन्दा बढी उडान स्टारलिङ्क मिशनका लागि भएका छन्।

प्रकाशित: १८ भाद्र २०८२, बुधबार

तपाइको प्रतिक्रिया