नयाँ भिडियो गेम “हिटम्यान” अब आईफोन र आईप्याडमा उपलब्ध

  • Technology Khabar | १८ भाद्र २०८२, बुधबार
नयाँ भिडियो गेम “हिटम्यान” अब आईफोन र आईप्याडमा उपलब्ध

काठमाडौं ।

“हिटम्यान” नयाँ भिडियो गेम (खेल) आईओएस र आईप्याडओएसको लागि उपलब्ध भएको छ।

यो नयाँ टाइटल (शीर्षक) “हिटम्यानः वल्र्ड अफ एसेसिनेसन” खेलले खेलाडीहरूलाई एलिट एसेसिन एजेन्ट ४७ को भूमिका लिन अनुमति दिनेछ।

खेललाई टच कन्ट्रोल्सको लागि पूर्ण रूपमा पुनः डिजाइन गरिएको बताइएको छ जसले कन्टेक्सचुअल कीजहरू प्रयोग गर्दछ र स्क्रिनमा स्थिति अनुसार गतिशील रूपमा परिवर्तन हुनेछ।

क्लासिक खेलका प्रशंसकहरूका लागि, थर्ड–पार्टि कन्ट्रोलर्स (तेस्रो–पक्ष नियन्त्रकहरू) को लागि पूर्ण पनि समर्थन उपलब्ध रहेको छ। त्यसैले प्रत्येक खेलाडीको प्राथमिकता अनुसार अनुभव अनुकूलित गर्न सकिने छ।

“हिटम्यानः वल्र्ड अफ एसेसिनेसन” आईफोन १६, आईफोन १५ प्रो र १५ प्रो म्याक्स, आईप्याड प्रो र आईप्याड एयरको लागि एम१ चिपको साथ र ए१७ प्रो चिपको साथ नयाँ आईप्याड मिनीको लागि उपलब्ध छ।

साथै यसको लागि आईओएस १८.० वा आईप्याडओएस १८ र पछिल्ला संस्करणहरू आवश्यक पर्ने उल्लेख गरिएको छ।

नयाँ खेलाडीहरूको लागि, आईसीए सुविधा र दुबई एस्केलेसन प्रशिक्षण मिसनहरू निःशुल्क उपलब्ध भएको टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: १८ भाद्र २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...