Technology Khabar ११ भाद्र २०८२, बुधबार
काठमाडौं ।
दूरसञ्चार प्राधिकरणबाट अनुमति प्राप्त इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी एननेट (पर्पल) ले नेपालभरी रिटेल र इन्टरप्राइज ग्राहकका लागि अत्याधुनिक, एफटिटिआर प्रविधिबाटबाट वाईफाई सिक्स राउटरका साथै आईपिभी ६ प्रविधिमार्फत सेवा सुरुवात गरेको छ।
कम्पनीकाअनुसार, यो आईपिभी ६ (IPV6) प्रविधि भनेको अहिले र अबको फ्युचरमा चलाइने महत्त्वपूर्ण सर्भिस मानिने छ। यो आईपिभी ६ प्रविधिलाई नेपाल दूरसञ्चार प्राधिकरण (एनटिए) ले पनि अनिवार्य गरिसकेको छ।
यो सेवा क्रमिक रूपले देशको सम्पूर्ण सहरी, पहाडी , दुर्गम, तथा, हिमाली क्षेत्र का रिटेल तथा इन्टरप्राइज युजर (शिक्षा, स्वास्थ्य, वित्तीय संस्था, होटल, सरकारी कार्यालय, गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आदि) ग्राहकलाई लक्षित गरी उच्चस्तरीय इन्टरनेट र आईपिटिभी सेवा सञ्चालनमा ल्याउन लागिएको कम्पनीले जनाएको छ।
कम्पनीले, नेपालीको महान चाड, बडादशैं, तिहार र छठको उपलक्ष्यमा, इन्ट्रोडक्टरी अफर अन्तर्गत, रिटेल ग्राहकका लागि १५ प्रतिशतसम्म डिस्काउन्ट र तीन महिनासम्म बोनस दिने योजना ल्याएको छ।
एसएमई प्याकेज लिन चाहने ग्राहकहरूका लागि भने ५० प्रतिशतसम्म छुट र तीन महिनासम्म बोनस का साथै मूल्य कम ब्यान्डविथ स्पीड दोब्बर गरिदिने कम्पनीले बताएको छ।
एननेट “सधैँसँगै” नाराका साथमा कम्पनीले सधैं आफ्ना ग्राहकहरूलाई सधैं सँगै भएर उच्चस्तरीय प्रविधिको सेवा दिने योजना लिएको जारी विज्ञप्तीमा उल्लेख छ।
प्राधिकरणको तथ्यांक हेर्दा काठमाडौंको कोटेश्वरमा आधारित भएर कम्पनीले यहि बैशाख १५ गते अनुमति पत्र प्राप्त गरेको हो। कम्पनीको दर्ता नम्बर एफआई. जेए. १-१८८ (Fi. Ja. 1-188) रहेको छ।
प्रकाशित: ११ भाद्र २०८२, बुधबार