एप्लिकेसन

मोबाइलमै मौसम पूर्वानुमान, किसानहरु लाभान्वित

मोबाइलमै मौसम पूर्वानुमान, किसानहरु लाभान्वित
ग्रोक एआईको सहयोगमा निर्मित
Global IME Bank

शिवालय गाउँपालिकाकी किसान विमला खत्री बिहानै आफ्नो मोबाइल हेर्छिन्। उनको नजर समाचारमा होइन, खेतीसँग जोडिएको म्यासेजमा हुन्छ। त्यहाँ लेखिएको हुन्छ, “अर्को तीन दिन मौसम सफा रहने छ” वा “आज बेलुकी वर्षा हुने सम्भावना छ।”

मोबाइलमा म्यासेज आउन थालेपछि विमला भन्छिन्, “पहिले आकाश हेरेर अनुमान गर्नु पर्थ्यो, अहिले मोबाइलमै सूचना आउँछ। त्यसैका आधारमा खेतबारीमा काम गर्छौं।”

विगतका वर्षमा शिवालयका किसानले खेतीपातीमा समय तोक्दा आकाशको बादल र रेडियोमा आएको मौसम समाचारमै भर पर्थे। कहिलेकाहीँ अनुमान गलत हुन्थ्यो र बालीनालीमा ठूलो क्षति पुग्थ्यो।

शिवालय गाउँपालिका-२ की नैनसरा राना यसैको उदाहरण हुन्। तीन वर्षअघि धान काटेर खेतमै राखेका बेला अचानक मुसलधारे पानी पर्यो। काटेको धान कुहिएर सबै नष्ट भएको उनले सम्झिइन्। त्यति बेला मौसमको जानकारी समयमै पाएको भए यस्तो क्षति नहुने उनले बताइन्।

अचेल शिवालय गाउँपालिकाका किसानलाई बिहानै आगामी तीन दिनको मौसमबारे पूर्वजानकारी मोबाइलमा एसएमएसमार्फत आउन थालेको छ। करिब तीन सय किसानसहित जनप्रतिनिधि, गाउँपालिका कर्मचारी र अगुवाको मोबाइलमा नियमित रूपमा मौसम पूर्वानुमान पठाइन्छ।

आजको गोरखापत्रबाट

Sajilo Visa
easy care