काठमाडौं ।
चीनमा अनर म्याजिक भी फ्लिप २ अनावरण गरिएको छ। २०० मेगापिक्सेलको मुख्य रियर क्यामरा र सिलिकन–कार्बन ब्याट्री जस्ता सुविधाहरू सहितको अनरको नयाँ क्ल्यामशेल फोल्डेबलले सामसङ ग्यालेक्सी जेड फ्लिप७ र मोटोरोला रेजर ६० अल्ट्रा जस्ता स्मार्टफोनहरूलाई टक्कर दिने उल्लेख गरिएको छ।
अनरको म्याजिक भी फ्लिप २ मा एफ/१.९ एपर्चर र ओआईएस सहितको २०० मेगापिक्सेलको मुख्य रियर १/१.४–इन्च सेन्सर रहेको छ। फोनमा १२० डिग्री एफओभी भएको सेकेन्डरी ५० मेगापिक्सेलको अल्ट्रावाइड क्यामरा पनि छ। ह्यान्डसेटको भित्री भागमा ५० मेगापिक्सेलको सेल्फी क्यामरा उपलब्ध छ।
क्ल्यामशेल फोल्डेबलले ८० वाट वायर्ड र ५० वाट वायरलेस चार्जिङको लागि समर्थन भएको ५,५०० एमएएच सिलिकन–कार्बन ब्याट्री प्याक गरको छ। यसले ७.५ वाट रिभर्स वायरलेस चार्जिङलाई पनि समर्थन गर्नेछ।
डिस्प्लेतर्फ, म्याजिक भी फ्लिप २ मा ६.८२ इन्चको एलटीपीओ ओएलईडी इनर(भित्री) स्क्रिन छ जसले १२०हर्ज सम्मको रिफ्रेस रेट प्रदान गर्दछ। डिस्प्लेको रिजोल्युसन २८६८ × १२३२ पिक्सेल र रेटेड पिक ब्राइटनेस ५,००० निट्स रहेको छ।
त्यसैगरी नयाँ क्ल्यामशेल फोल्डेबलको अगाडिको भागमा १२० हर्जसम्मको रिफ्रेस रेट, १२०० × १०९२ पिक्सेल रिजोल्युसन र ३,६०० निट्सको पिक ब्राइटनेसको साथ ४.० इन्चको एलटीपीओ ओएलईडी छ।
अनर म्याजिक भी फ्लिप २ मा स्न्यापड्रागन ८ जेन ३ एसओसीको साथमा १६ जीबी सम्मको र्याम र १ टीबीको स्टोरेज समावेश गरिएको छ। यसले एन्ड्रोइड १५–आधारित म्याजिकओएस ९.०.१ लाई रन गर्ने (चलाउने) छ। साथै यसमा धेरै एआई सुविधाहरू उपलब्ध रहेका छन्।
नयाँ क्ल्यामशेलका अन्य हाइलाइटहरूमा आईपी५८ र आईपी५९ रेटिङहरू, एसजीएस ड्यूरेबल–फ्ल्याट सर्टिफिकेसन, डुअल स्पिकरहरू, वाई–फाई ७, ब्लुटुथ ५.३, डुअल सिम र एनएफसी समावेश रहेका छन्। म्याजिक भी फ्लिप २ पर्पल, ह्वाइट, ग्रे रङ्गहरूङ्गा साथै सीमित संस्करणको रुपमा ब्लू रङ्गमा उपलब्ध हुनेछ।
म्याजिक भी फ्लिप २ को १२जीबी/२५६जीबी मोडेलको मूल्य ५,४९९ चिनियाँ युआन (७६५ अमेरिकी डलर) बाट सुरु हुन्छ। त्यसैगरी यो क्ल्यामशेल फोल्डेबलको १२जीबी/५१२जीबी भेरियन्टको मूल्य ५,९९९ चिनियाँ युआन (८३५ अमेरिकी डलर), १२जीबी/१टीबी भेरियन्टको मूल्य ६,४९९ चिनियाँ युआन (९०५ अमेरिकी डलर) र १६जीबी/१टीबी भेरियन्टको मूल्य ७,४९९ चिनियाँ युआन (१०४५ अमेरिकी डलर) रहेको छ। हाल चीनमा खरिदका लागि उपलब्ध यो फोनको बिक्री अगस्ट २८ देखि सुरु हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: ७ भाद्र २०८२, शनिबार