सोनी एक्सपेरिया १० भीआईआईले नयाँ डिजाइन ल्याउने

  • Technology Khabar | ८ भाद्र २०८२, आईतवार
सोनी एक्सपेरिया १० भीआईआईले नयाँ डिजाइन ल्याउने

काठमाडौं ।

सोनीले चाँडै आउँदै गरेको मिड–रेञ्ज स्मार्टफोन एक्सपेरिया १० भीआईआई मा नयाँ डिजाइन परिवर्तन ल्याउने भएको छ। सबैभन्दा ठूला प्रशंसकहरूलाई पनि सोनी स्मार्टफोनका विभिन्न पुस्ताहरू बीच छुट्याउन गाह्रो हुने गरेका अवस्थामा एक्सपेरिया १० भीआईआईले परिवर्तन ल्याउन लागेको उल्लेख गरिएको छ। उक्त डिजाइन परिवर्तनहरू मुख्यतया स्मार्टफोनको पछाडिको क्यामरामा हुने जनाइएको छ।

एक्सपेरिया १० भीआई मा भर्टिकल (ठाडो रूपमा) व्यवस्थित दुई क्यामराहरू छन्। तर एक्सपेरिया १० भीआईआई ले क्यामराहरू तेर्सो रूपमा राख्ने उल्लेख गरिएको छ। यो ठूलो कुरा होइन भनेर बताइए तापनि सोनीको डिजाइनको हकमा भने यो अझै पनि महत्त्वपूर्ण भएको थप उल्लेख गरिएको छ।

सोनीले एक्सपेरिया १० भीआईआई प्रस्तुत गर्ने तयारी गरिरहेको बताइएको छ र यो डिभाइसको तस्बिरहरू इन्टरनेटमा पनि देखा परेको उल्लेख गरिएको छ। एक्सपेरिया १० भीआईआईको पूर्ववर्ती गत वर्षको जुनमा प्रस्तुत गरिएको थियो।

सन् २०१९ को मूल एक्सपेरिया १० अन्तर्राष्ट्रिय बजारमा तेर्सो क्यामरा मोड्युलको साथ उपलब्ध हुने अन्तिम सोनी स्मार्टफोन थियो। एक्सपेरिया १० भीआईआईको स्पेसिफिकेसनहरूको बारेमा भनधे अझै पनि जानकारीहरु उपलब्ध नभएको टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: ८ भाद्र २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार