Technology Khabar ५ भाद्र २०८२, बिहीबार
काठमाडौं ।
गुगलले पिक्सेल बड्स २ए आधिकारिक रूपमा घोषणा गरेको छ। पिक्सेल बड्स २ए हाल उपलब्ध पिक्सेल बड्स प्रो २ भन्दा एक तह तलको बजेट टीडब्ल्यूएस बड्सको जोडी भएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
न्यूयोर्कको ब्रुकलिनमा आयोजित मेड बाइ गुगल कार्यक्रममा गुगलले आधिकारिक रूपमा पिक्सेल १० सिरिज अनावरण गरेको हो। लाइनअपमा पिक्सेल १०, पिक्सेल १० प्रो, पिक्सेल १० प्रो एक्सएल र पिक्सेल १० प्रो फोल्ड समावेश छन्। साथै उक्त लन्च कार्यक्रममा, गुगलले पिक्सेल वाच ४ पनि अनावरण गरेको छ।
नयाँ पिक्सेल बड्स २ए हाल उपलब्ध पिक्सेल बड्स प्रो २ को बजेट–उन्मुख विकल्प भएको बताइएको छ। यद्यपि, पिक्सेल बड्स २ए ले अब पूर्ण विकसित पिक्सेल बड्स प्रो २ रोज्नु अघि एक पटक सोच्न बाध्य पार्ने प्रिमियम सुविधाहरू प्रदान गर्नेछ।
मूल पिक्सेल बड्स ए सिरिज लगभग चार वर्ष पहिले जारी गरिएको थियो। त्यसैले आफ्नो पूर्ववर्तीहरूको तुलनामा पिक्सेल बड्स २ए एक महत्त्वपूर्ण अपग्रेड हो। बजेट पिक्सेल बड्स २ए ले एक्टिभ नोइज क्यान्सीलेसन प्रदान गर्दछ र पिक्सेल बड्स प्रो २ को प्यासिभ साइलेन्ट सिल २.० नोइज आइसोलेसनलाई हटाएको छ।
त्यसैगरी, बडहरूमा हेड–ट्र्याकिङ सुविधा बिना स्पासियल अडियो रहेको छ।
नयाँ बड्सको ब्याट्री ७ घण्टाको प्लेब्याक समयको लागि टिक्ने दाबी गरिएको छ भने चार्जिङ केसले त्यो समय २० घण्टासम्म विस्तार गर्नेछ। बड्स प्रो २ को केसले वायरलेस चार्जिङलाई समर्थन गरे पनि बड्स २ए को केसले वायरलेस चार्जिङलाई समर्थन नगर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
ग्रे र आइरिस रङहरूमा आउने बड्स युरोपमा १४९ यूरो र अमेरिकामा १२९ अमेरिकी डलर मूल्यमा उपलब्ध हुनेछन्।
प्रकाशित: ५ भाद्र २०८२, बिहीबार